0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारमा रहेको पोखरा बहुमुखी क्याम्पसले आइतबार करिअर काउन्सिलिङ सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो । विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई भविष्यमा सही बाटो देखाउन सघाउने पु¥याउने उद्देश्यले पाठ्यपुस्तक बाहेक विद्यार्थीलाई बाहिरी ज्ञान दिलाउन स्नातकतहमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिएको क्याम्पसले जनाएको छ । प्रशिक्षणमा व्यवस्थापन र मानविकी संकायका ६० विद्यार्थी काउन्सीलिङ कार्यक्रममा सहभागी थिए । विद्यार्थीलाइ भिक्टोरी भिजन प्रशिक्षण तथा अनुसन्धान इन्स्टिच्यूटका प्रशिक्षक आर लामिछानेले प्रशिक्षण दिएका थिए । क्याम्पस प्रमुख सुनिल मर्सानीले  प्रशिक्षणले विद्यार्थीमा किताब बाहेकको ज्ञान हासिल हुने बताए । विद्यार्थीले कक्षा उत्तीर्ण गर्ने मात्र नभई व्यवहारिक ज्ञान हासिल गर्न सकुन भनेर प्रशिक्षण दिलाएको उनले बताए । अधिकांश विद्यार्थीले कक्षा उत्तिर्ण गर्नका लागि मात्र पढ्ने गर्छन । उनीहरुमा बाहिरी ज्ञान कम हुन्छ,’ उनले भने,–‘त्यही ज्ञान दिलाउन यस्ता प्रशिक्षण जरुरी छ ।’ कुन बाटो रोज्दा भविष्य उज्जवल हुने र त्यसका लागि के गर्नुपर्छ भन्ने थाहा नहुँदा विद्यार्थी अन्योलमा पर्ने भएकोले यो प्रशिक्षण सहयोगी हुनसक्ने उनले बताए । प्रशिक्षक मानन्धरले उपयुक्त बाटो पहिल्याउन नसक्दा कतिपय विद्यार्थी बीचमै पढाई छाड्ने भएकोले उनीहरुलाई बाटो देखाउन यस्ता प्रशिक्षण आवश्यक रहेको बताए ।

भिक्टोरी भिजनकी कार्यकारी निर्देशक कोपिला पौडेलले विद्यार्थीमा भएको क्षमतालाई बाहिर ल्याउन पनि उनीहरुलाई सही तरिकाले काउन्सिलिङ गर्नुपर्ने बताईन् । भिक्टोरी भिजनले शनिबार पोखराकै कन्या क्याम्पसका विद्यार्थीलाई यसैगरि काउन्सिलिङ गरेको थियो । भिक्टोरी भिजनले क्षमता अभिवृद्धि सहित उद्यमशिलता तालिम पनि दिने गर्छ । त्यस्तै विद्यार्थी र युवा–युवतीलाई भविष्य निर्माणमा सघाउने गरि प्रशिक्षण दिन्छ ।

Post a Comment

 
Top