0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ–८, शिशुवामा रहेको न्यू लेखनाथ पब्लिक एकेडेमीको १०औं वार्षिकोत्सव एवं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शक्रवार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय कास्कीका साहयका जिल्ला शिक्षा अधिकारी नवराज चापागाईले विद्यालयले छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी योजनाहरु प्रस्तुत गर्दै आगामी शैक्षिक सत्रदेखि विद्यालयले उच्च माविका कक्षा संचालन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए। कार्यक्रममा सम्पूर्ण सामुदायिक विद्यालयहरुको तर्फबाट रुपाज्योति  मा.वि.का प्रधान्याध्यापक  मणिराम कंडेल, वुद्धिजीवि एवं अभिभावक विष्णु पौडेल, बाबुराम थापा, संस्थापक भू.पू. प्रधानाध्यापक ऋषिराम रानाभट, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बावुराम गिरी, द्वितीय उपाध्यक्ष बलराम ढकाल, प्याव्सन कास्कीका सदस्य प्रेम प्रसाद सुवेदी, नेशन प्याब्सन कास्कीका सदस्य गणेश भण्डारी लगायतले बोलेका थिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक दयाराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा शिक्षक ओम बहादुर सुनारले स्वागत र संचालन शिक्षक जीवन तिवारीले गरेका थिए । यसैगरी लेखनाथको शिसुवामा रहेको कञ्चनजंगा एकडेमिक सेन्टरको २४औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा एस एल सी अभिनन्दन समरोह शुक्रवार सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालय मानविकी संकायका डीन डाक्टर ईन्द्र प्रसाद तिवारीले परम्परा गत शैलीलाई तोड्दै समयानुकुल शिक्षा प्रदान गर्ने तर्फ निजि शैक्षिक सस्थाहरु अगाडि रहेको धारणा राखेका थिए। डा.तिवारीले आगामी बर्षहरुमा अझै उत्कृष्टता देखाउन विद्यार्थीहरुलाई प्रेरित गर्दै उज्ज्वल भविष्यका लागि लगनशिलतामा जोड दिएका थिए। कार्यक्रममा विद्यालय निरीक्षक भोजराज न्यौपानेले राज्यले शिक्षामा गरेको लगानी खेर जान नदिन सवैमा उत्साह, जोस जाँगरको खाचो रहेको बताए। कार्यक्रममा विष्णुप्रसाद तिवारीले पढाइको साथमा अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण रहने बताए। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, न्यू एरा उच्च माविका प्राचार्य बेधप्रसाद बस्ताकोटी, सहायक प्रिन्सिपल बाबुराम पौडेल, पूर्व विद्यार्थी निश्चल शर्मा लगायतले विद्यालयले शैक्षिक उन्नयनमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए। सोही अवसरमा शौक्षिक शत्र २०७० र २०७१ सालका प्रवेशिका परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई अभिनन्दन गरिनुका साथै उत्कृष्ट विद्यार्थी निश्चल शर्मा र सम्झना ढकाललाई कञ्चनजंगा अवार्ड प्रदान गरिएको थियो। समारोहमा विद्यालयका प्रिन्सिपल सन्दिप अधिकारीले विद्यालयका गतिविधि र प्रगति विवरण प्रस्तुत गर्दै आगामी शैक्षिक सत्रलाई रजत महोत्सव बर्षका रुपमा मनाउन लागिएको जानकारी गराएका थिए। विद्यालयका शिक्षक सुमन जिसी र विद्यार्थीहरु श्रेया लामा, सञ्चिता तझया,सबित्र गिरी र अन्जना गिरीले संयुक्त रुपमा संचालन गरेको सो कार्यक्रममा पुर्व विद्यार्थीहरु उत्सव जमरकटेल, अशिष विक, अपिल परियार र सौगात गुरुङको सास्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन दिलाएका थिए।






Post a Comment

 
Top