0
नेपाली जनतालाई राजनैतिक चेतना जगाएर राणाकालिन कठोर नीति र कदम विरुद्ध स्वतन्त्रता, प्रजातन्त्रको आवाज उठाउने ठूलो जोखिम लिएर चुनौति लिने कांग्रेस २१औं सताब्दी सुहाउदो नीति कार्यक्रम र नेतृत्व चयनको संघारमा उभिएको छ । पाँच लाख भन्दा बढी क्रियाशिल सदस्यबाट चयन हुने नेतृत्वले समाज परिवर्तन, विकासको सम्भावना र सोही बमोजिम समग्र नेपाली जनतालाई विकासप्रति उद्देलित गरी स्थायी शान्ति, विकास र समृद्ध राष्ट्र निर्माणको जिम्मेवारी पुरा गर्न सक्नुपर्छ । नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ता सिङ्गो कांग्रेस एकढिक्का कांग्रेस र गतिशिल साथै विकासको संकल्प लिएको कांग्रेस देख्न चाहेका छन् । कोठे राजनीतिमा सक्रिय, गुटउपगुट निर्माण, सम्भावना बोकेको नेतृत्वलाई तह लगाएर आफ्नो अस्तित्व स्थापित गर्ने नेता समग्र समाज विकासको वाद्यक हुन् । राजनीति र समाजसेवा कुनै लहडमा सम्भव हुने विषय  होइन । यो त विशुद्ध त्याग, समर्पण, विवेकपूर्ण कार्यमा आत्मसन्तुष्टि लिन सक्ने भविष्य द्रष्टाले लिने जोखिमयुक्त शाहसिक कदम हो । केबल आदर्शले मात्र न त घर परिवार चल्छ, न त समाज, न त गतिशिल राष्ट्र नै । समग्र जनतामा उनीहरुको क्षमताको सम्मान गर्दै राष्ट्रिय भावनाका साथ चाहे सत्तापक्ष होस या प्रतिपक्षमा रही रचनात्मक, मौलिक र जनताको आवश्यकता परिपूर्ति गर्न नेतृत्व यो महाधिवेशनमा आउनुपर्छ । प्रजातन्त्रको माला जप्ने, नीति निर्माण योजना र कार्यन्वयन पक्ष कमजोर देखिएमा सबैभन्दा शक्तिशाली जनताले आगामी दिनमा पहिलो पार्टीको रुपमा स्वीकार गर्न कठिन हुन्छ । शिथिल अवस्थामा रहेका भातृसंघहरुको देशव्यापी प्रशिक्षण सहित नेतृत्व चयन, विभिन्न विभाग गठन सहित ठोस कार्याक्रम निर्माण र कार्यान्वयन, जनताका प्रतिनिधिको जनतासंग निकट रहि विकास निर्माणमा सक्रियता युवाहरुलाई रोजगारी र क्षमता अभिवृद्धि गरी स्वआर्जन र व्यवसायिक बनाउन विभिन्न कार्यशाला, गोष्ठी, प्रशिक्षण जसता जनतासंगै प्रत्यक्ष सरोकार राख्ने जनजीविका सहज बनाउन उद्धत रहने कार्यक्रम आजको आवश्यकता हो । गिरिजाप्रसादको उत्तराधिकारी बन्दै सभापति बन्न सफल सुशिल कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले ऐतिहासिक दुई काम सफलतापूर्वक सम्पन्न भए एक तेस्रो स्थानमा खुम्चिएको साखलाई पुर्नजागरणका साथ राष्ट्रको पहिलो पार्टीमा स्थापित भयो भने पहिलो संविधान सभा असफल मात्र नभई जनतामा संविधान सभाबाट संविधान बन्दैन भन्ने मानसिकतालाई चिर्दै ८०५ भन्दा बढी जनताको प्रतिनिधिद्वारा स्वीकृत संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई नयाू संविधान प्रदान गर्न सक्नुभयो । सुशिल कोइरालाको अनुपस्थितिमा अब हुने १३औं महाधिवेशनले  स्थापित गर्ने नेतृत्वले संविधानको सफल कार्यान्वयन स्थायी शान्ति, विकासको प्रचुर सम्भाव्यताको खोजी गरी रोजगारी वृद्धि गरी युवाहरुको विदेश पलायनबाट रोक्न सक्ने तागत र सामथ्र्य देखाउनु पर्छ । आज माओवादीले समेत पूूँजीको निर्माण र विकास पहिलो प्राथमिकतामा राखेको अवस्थामा राष्ट्रिय महत्वका आयोजनालाई श्रोत साधनको अभाव हुन नदिने र थप राष्ट्रिय आयोजना ःभनजब एचयवभअत हरु सञ्चालन गरी विदेशी लगानी भित्र्याउने कार्य अगाडि बढाउनु पर्छ । समृद्धिमा नै लोकतन्त्र र स्थायित्व हुने हुनाले देशमा अस्थिरता ल्याउन चाहने तत्व र विकास आयोजना विरोधी कार्य गर्नलाई सङ्कटकाल घोषणा गरी समृद्ध नेपाल लोकतान्त्रिक नेपाल साथै त्यसको प्रयाय नेपाली कांग्रेस हो भन्ने जनतामा स्थापित गराउनुपर्छ । सक्षम व्यक्तिलाई उचित स्थान नदिने आफन्त र निकट व्यक्तिको सानो कोटरीमा थालियो भने सुशिल कोइराला जत्तिकै पनि सफल सभापति बन्न पनि गाह्रो हुनेछ । भूकम्प र नाकाबन्दीले जर्जर बनेको अर्थतन्त्र चलायमान गराउन र विकास खर्च कम्तिमा ८०५ भन्दा माथि समयमै खर्च गर्ने परिपाटी विकास गर्न नीति निर्माण र बाद्यक नियम कानूनको संशोधन गरी अगाडि बढ्न प्रमुख पार्टीको हैसियत बोकेको कांग्रेसले नेतृत्व गर्नुपर्छ । यसको लागि जुझारु अनुभवी र सक्षम नेतृत्व आगामी १३औं महाधिवेशनले स्थापित गरोस् । 






















Post a Comment

 
Top