0
गोल्डेन न्यूज संवाददाता
शुक्रबारदेखि बैदाम क्लवले आफ्ना क्रियाशिल सदस्य दिपेश टण्डनको स्मृतिमा अन्तर क्लव सेभेन ए साइड फुटवल प्रतियोतिगा आयोजना गर्ने भएको छ । प्रतियोगिताको पूर्वाद्धमा पोखराका संचारकर्मी र आयोजक समिति बीच भएको मैत्रिपूर्ण खेलमा आयोजक ४–३ गोलले विजयी भएका छन्। लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ सहित शिल्ड मेडल तथा उपविजेताले नगद ४५ हजार रुपैयाँ सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने क्लवले जनाएको छ । १४ गतेसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न विमल न्यौपाने अध्यक्ष एवं विकास थापा संयोजक रहेको मूल आयोजक समिति गठन गरेको छ । प्रतियोगितामा पोखराका विभिन्न ४० टीमको सहभागिता रहने बताइएको छ ।












Post a Comment

 
Top