0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहागनरपालिका वडा नं. ५ मा वडा स्तरीय बालेभेला बुधबार सम्पन्न भएको  छ । वडा नागरिक मञ्च पोउमनपा ५ की अध्यक्ष अञ्जु केसीको अध्यक्षतामा भएको बाल भेलाले २३ सदस्यीय वडा स्तरीय बालसञ्जाल गठन गरेको छ । जसको अध्यक्षमा मौसम तिमिल्सिना, उपाध्यक्ष सुस्मिता बराल, सचिव प्रतिभा शर्मा, सहसचिव किशोर तिमिल्सिना र कोषाध्यक्षमा प्रयास कोइराला रहेका छन् । २३ सदस्यीय कमिटीमा वडा नं ५ रहेका २० वटै टोल विकास संस्थामा गठन भएका क्लवका प्रतिनिधि २० जना, सरकारी विद्यालयमा रहेका बालक्लवका प्रतिनिधि एक जना, नीजि विद्यालयमा गठन भएको बालक्वलका प्रतिनिधि एक जना र फरक क्षमता भएका बालबालिका को प्रतिनिधि १ जना रहने निर्णय समेत भेलाले गरेको छ ।
बालभेलामा प्रमुख अतिथि नगरस्तरीय टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उज्ज्वल खत्रीले पोखरा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन लागू गर्न क्रियाशील भइरहेको सन्दर्भमा अभियानलाई सम्पूर्ण पोखरेलीले साथ दिनुपर्ने बताए । यसैगरी पोखरा उपमहानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले पोखरा उपमहानगरपालिकामा रहेका सम्पूर्ण बालबालिकाको सहभागिताको अधिकार सुनिश्चित होस् भन्ने अभिप्रायका साथ हरेक टोलमा टोल विकास संस्थाको संरक्षकत्वमा र विद्यालयमा विद्यालयको संरक्षकत्वमा बालक्लव गठन गर्ने गरी नेपाल सरकारले निर्धारण गरेका बालमैत्री सूचकमा २ वटा सूचक थपेको समेत जानकारी गराए । बालभेलालाई सहजीकरण गर्दै छुनुमुनु पव्लिकेशन लिमिटेडका प्रबन्ध निर्देशक रबिराज बसौलाले बालमैत्री अभियानको आवश्यकता र यसले बालबालिकालाई पार्ने प्रत्यक्ष प्रभावका बारेका जानकारी गराए । बालमैत्री अभियानलाई पोखरा उपमहानगरपालिकाले मात्र अगाडी बढाएर सम्भव नहुने भएकोले सबैले सक्रियता पूर्वक अगाडी बढ्नुपर्ने र यसमा बालबालिकाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।




Post a Comment

 
Top