0
गोल्डेन न्यूज संवाददाता
नेपाल भ्रमणमा आएका जापान इन्टर नेशनल लेवर फाउण्डेशन (जिलाफ) का अध्यक्षसहितको टोलीले पोखरा र लेखनाथको समेत भ्रमण गरि श्रमिकहरुको अवस्था र तिनका छोरा–छोरीको शिक्षादीक्षाका बारेमा जानकारी दिएको छ। भ्रमणका क्रममा जिलाफका अध्यक्षले लेखनाथ नगरपालिका–१३ खुदीखोला स्थित अनौपचारिक बाल शिक्षाको नवनिर्मित भवन उद्घाटन समेत गरेका थिए । जिलाफ लेखनाथ नगरपालिका, नेपाल ट्रेड युनियन कांग्रेस र स्थानीइ वासिन्दाको सहयोगमा भवन निर्माण गरिएको हो । भवन उद्घाटन समारोहमा जिलाफका अध्यक्ष, जिलाफका निर्देशक तोसियूकी यूमेमुरा, नेपाल ट्रेड युनियन कांग्रेसका पश्चिमाञ्चल अध्यक्ष मुरारी शर्मा, कास्की अध्यक्ष कूलदेवी बराल, कारखाना मजदूर कांग्रेस कास्कीका अध्यक्ष टेकनाथ पन्थी र बालशिक्षा कक्षा व्यवस्थापन समितिका अध्यक्ष टंक पौडेल लगायतले आ–आप्mनो भनाइ राखेका थिए । ५० जना बालबालिकाले हाल उक्त स्कूलमा अध्ययन सुविधा लिइरहेका छन् । श्रमिकका छोराछोरी पढ्ने उक्त स्कूलमा ३ वर्षसम्म पढेपछि बालबालिकाहरु औपचारिक शिक्षा लिन कक्षा ४ र ५ मा भर्ना हुने गरेका छन् । यसैबीच जिलाफको टोलीलाई नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले पोखरामा स्वागत कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा जिलाफका अध्यक्ष, निर्देशक, नेपाल प्रतिनिधि, नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, क्षेत्रीय अध्यक्ष मुरारी शर्मा, जिल्ला अध्यक्ष कुलदेवी बराल, उपाध्यक्ष कमल सापकोटा, सचिव केशव भट्टराई, केन्द्रीय प्रतिनिधि माधव बराल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली लगायतले जिलाफ र ट्रेड युनियन कांग्रेस बीचको सम्बन्ध थप बलियो बनाउनुपर्ने बताएका थिए ।

Post a Comment

 
Top