0
लामो समयदेखि गुरुङ समुदायको धार्मिक संस्कारबाट बञ्चित गराइएकी पर्वत पाखापानीकी डिलमाया गुरुङले ३५ वर्ष पछि न्याय पाएकी छिन् । पर्वत पाखापानी वडा नं. ८ लाम्तुनकी डिलमाया गुरुङलाई सोही ठाउँ निवासी नाताले घरतर्फ काका र माइततर्फ मामा ससुरा पर्ने व्यक्ति जोजेन्द्र गुरुङले विभिन्न बहानामा धार्मिक संस्कारबाट बञ्चित गराउँदै आएका थिए । डिलमायाका बाबुले आफ्ना दुई  छोराको निधन पछि केहि सम्पत्ति डिलमायाको नाममा बकस गरिदिएपछि रुष्ट हुदै आएका जोजेन्द्रले डिलमायालाई विभिन्न शब्द प्रयोग गरि अपमानित गर्दै आएका थिए । गुरुङ समुदायका धार्मिक पुरेत समेत रहेका जोजेन्द्रले ७३ वर्षीय एकल महिलाको भावनामा माथि प्रहार गर्दै उनलाई गुरुङ समुदायको चेली नभएको, अलच्छिनी र विभिन्न आरोप लगाई मानसिक यातना दिदै आएका थिए । जोजेन्द्रले गुरुङ समुदायमा मर्दा पर्दा लगिने कोसेली नस्विकारेको, टिको नफुकाइदिएको अन्य धेरै संस्कारी कार्यबाट बञ्चित गराउदै सबैका अगाडि अपमानित गर्दै आएको डिलमाया बताएकी छिन् । वर्षौदेखि आफ्ना पुर्खाले मानि आएको धार्मिक संस्कारबाट बञ्चित गराउँदा आफू मानसिक रुपमा विक्षिप्त बनेको उनले बताइन् । आफूहरु माथिको अन्यायलाई सहन नसकि छोरि कल्पना र छोरा राजेश गुरुङ न्यायका लागि समाज घरहरुमा पुगेका थिए । पैसा र शक्तिको आडमा सबैलाई प्रभाव पार्ने सक्ने जोजेन्द्रले प्रशासनलाई समेत ठाडै चुनौति दिदै आफ्नो अन्यायपूर्ण व्यवहार दोहोराउन छोडेनन् । पीडित पक्षले राष्ट्रिय महिला आयोग, जिल्ला प्रशासन कार्यालय, समाजघर एवं विभिन्न निकायमा अन्यायकालागि आग्रह गरेका थिए । अन्ततः पौष २८ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद रेग्मीको रोहबरमा गुरुङ समाजका अगुवा व्यक्तिहरुको बृहत् छलफल पछि जोजेन्द्र आफ्नो गल्ती स्वीकारे । आफूबाट अन्याय भएको भन्दै अब आइन्दा कुनै पनि संस्कारबाट बञ्चित नगराउने र अपमान नगर्ने भन्दै टिका लगाउँदै लिखित रुपमा सहमतिमा आएका हुन् । टिका लगाउन सहमत भएपनि जोजेन्द्रले ३५ वर्ष अगाडि भान्जालाई दान गरेको जग्गा दिन भने मानेनन् । उक्त जमिनमा डिलमायाको परिवारले लाखौं खर्चेर बनाएको दुइ तले घर छ । जोजेन्द्रले सोही जग्गामा निर्मित घर डिलमायालाई दिन नमानेपछि पीडित पक्षले सो घर पनि जोजेन्द्रलाइ नै  दिएको छ ।  ‘धन सम्पत्ति भन्दा ठूलो मेरो लागि रीतिरिवाज र मैले मान्दै आएको गुुरुङ संस्कार हो त्यसैले मैले घरनै उसलाई दिन तयार भए तर संस्कार छोड्न तयार भइन ।’ पहिलो पल्ट जोजेन्द्रले गल्ती स्वीकार गरेर टिका फुकाएपछि डिलमायाले आँखाभरी खुशीका आशु पार्दै भनिन्–‘आज खुशीले निन्द्रा लाग्ने छैन, यो मेरो जित होइन गुरुङ समुदायको संस्कारको जित हो । सांस्कृतिक अधिकारको लडाइमा आज हामीले जित्यौं ।’
छोरी कल्पना गुरुङ पनि लामो समयको संघर्ष पछि प्राप्त न्यायले आत्मसन्तुष्टि मिलेको बताइन् । ‘गुरुङ समुदाय कि छोरी हुँ म, आफ्नो रीतिरिवाज, परम्परा र संस्कारबाट बञ्चित भएर कसरी रमाउन सक्छु, धन सम्पत्तिको मात्रै कुरा रहेन, यहाँ आफ्नो जाति र समुदायबाटै अलग गराएर अपमान गरीयो तसर्थ अन्यायका विरुद्ध लड्न थाकेनौं अन्ततः आज खुशी मिलेको छ’–गुरुङले भनिन् । जोजेन्द्रको मानसिक यातना पछि डिलमाया पोखरा छोरीको घरमा बस्दै आएकी थिइन् ।
(जमुना वर्षा शर्माबाट)







Post a Comment

 
Top