0
गोल्डेन न्यूज संवाददाता
शिक्षाको गुणस्तर सुधारको लागि विद्यालय सुधार योजना अध्यावधिक तथा विद्यालयमा सामाजिक परीक्षण कार्यशाला पोखरामा सम्पन्न भएको छ ।  चार दिने कार्यशालाको समापनका अवसरमा बोल्दै जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले हरेक कुरामा राज्यको मुख ताक्ने प्रवृत्ति रहेको भन्दै शिक्षाको गुणस्तर बृद्धिका लागि विद्यालय स्तरबाट नै लाग्नुपर्नेमा जोड दिए । उनले भने–“हामीसित स्रोतको हैन सोचको अभाव छ । हरेक कुरामा सबै दोष राज्यलाई दिएर आफू उम्कने प्रवृत्ति छ । विद्यालय पनि राज्यको एउटा निकाय भएको हँुदा सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्छ ।” महेन्द्र उच्च माध्यामिक विद्याल भलामका प्राचार्य विष्णुृबहादुर खत्रीले सिकेको ज्ञान व्यवहारमा उतारे मात्रै त्यो सार्थक हुने बताए । बिना योजना कुनैपनि काम सफल नहुने भएकाले विद्यालयमा पनि योजना सहितको शिक्षण विधि हुनुपर्ने बताए । उनले आफ्नो विद्यालमा प्रारम्भिक वाल विकास केन्द्रको स्थापना गर्दाको अनुभव सुनाउँदै शिक्षाको जग बलियो बनाउन प्रारम्भिक बालविकास केन्द्रको जग बलियो बनाउनु पर्ने बताए ।
तालिममा शैक्षिक सूचक पत्ता लगाउने र यसलाई व्यवस्थित राख्ने, विद्यालय सुधार योजना अध्यावधिक गर्ने, विद्यालयमा नियमित रुपमा गरिने सामाजिक परीक्षण, वार्षिक पाठ्य योजना पाठ्यक्रमसँग समन्वय गरेर बनाउने तरिकासँग अभ्यास र अब बनाएर निरन्तर प्रयोगमा ल्याउने र नेतृत्व विकास लगायतका विषयमा सहभागिलाई प्रशिक्षण दिइएको थियो । 
कार्यक्रममा ढिकुरपोखरी गा.वि.स, दाङ्सिङ गा.वि.स र भलाम गा.वि.समा रहेका विद्यालयका प्राचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक शिक्षिका सहभागी रहेका थिए । समापन कार्यक्रममा सहभागीहरुले तालिम अवधिभरमा आफूले सिकेका कुराहरुको अनुभव आदान–प्रदान पनि गरेका थिए ।
बाल तथा महिला सशक्तिकरण समाज कास्कीले आयोजना रहेको सो कार्यक्रमको समन्वयन जिल्ला शिक्षा कार्यालय कास्कीले गरेको थियो भने सहयोगीको भूमिका एक्सनएड नेपाल गरेको थियो । प्रशिक्षणमा सहजकर्ताको भूमिका धनेश्वर सुवेदीले गरेका थिए । मिना लिगलले गरेको सो कार्यक्रमको संस्थाको अध्यक्ष सीता भट्टराईले अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन मिना लिगलले गरेकी थिइन ।ख
















Post a Comment

 
Top