0
रुपाकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठांै साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै महिला तथा बालबालिका कार्यालय कास्की प्रमुख लक्ष्मी जिसी कार्कीले महिला  सशक्तिकरणका लागि महिला सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको बताइन । उनले महिलाहरुलाई हिंसा बिरुद्ध संगठित रुपमा आवाज उठाउन पनि सहकारी भरपर्दो माध्यम बनेको बताइन । क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीले महिलाहरुले स्थानीय स्तरबाटै राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिताको लागि आवाज उठाउनुपर्नेमा जोड दिइन । संस्थाका अध्यक्ष गीमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाविस सचिव कुलप्रसाद पौडेल, नेपाली कांग्रेस गाउँ इकाइ सभापति  तुल बहादुर गुरुङ, एमाले अध्यक्ष क्या. हर्क बहादुर खत्री, रुपाकोट स्वास्थ्य चौकी इन्चार्ज देबीचन्द्र थापा,रु पाकोट साना किसानका अध्यक्ष  क्या .हर्क बहादूर गुरुङ, मानवअधिकार निगरानी समूह रुपाकोटका संयोजक देवबहादुर गुरुङ, सहकारी संस्थाका सल्लाहकार बलराम गुरुङ, उपाध्यक्ष सृजना अधिकारी, रुपाकोट–पोखरा सम्पर्क मञ्चका अध्यक्ष खेम बहादुर गुरुङ, चन्द्रप्रभा उच्च माविका प्राचार्य भोलानाथ पौडेल  लगायतले आ–आफ्नो भनाइ राखेका थिए। कार्यक्रममा सचिवको प्रतिवेदन संस्थाका सचिव चुनमाया गुरुङले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्योती गुरुङले प्रस्तुत  गरकी थिइन ।

Post a Comment

 
Top