0
गोल्डेन न्यूज संवाददाता
बंगुरको कृत्रिम गर्भाधान सम्बन्धी सात दिने प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ । नेपालमानै पहिलो पटक आयोजना गरिएको तालिममा नेपालभरका १९ जना प्रशिक्षकहरुको सहभागीता रहेको थियो । सामर्थ÷सिप्रेड संस्थाको आयोजना तथा युके एडको सहयोग तथा पशु सेवा बिभाग र राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको सहकार्यमा पोखरामा तालिम सम्पन्न भएको हो । तालिममा विशेषगरी बंगुरको भालेलाई तालिम, बिर्य संकलन, प्रशोधन तथा प्याकेजिङ तथा भण्डारण र बजारीकरण सम्बन्धी सैद्धान्तिक र ब्यवहारिक क्रियाकलापहरु गराइएको थियो ।
आइतबार सम्पन्न तालिमको समापन कार्यक्रममा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र नार्कका बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम प्रमुख दामोदर न्यौपानेले बंगुरको कृत्रिम गर्भाधानले कृषकहरुलाई प्रत्यक्ष रुपमा फाइदा पु¥याउने वताउदै तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गराउनुपर्नेमा जोड दिए । त्यस्तै तालिमका प्रशिक्षक जीनप्रो कम्पनी अमेरिककाका डाक्टर केभिनले नेपालमा बंगुरपालनको संभावना राम्रो भएको भन्दैै यो तालिमले अझै बंगुरपालक किसानका लागि उर्जा थप्ने वताए । कृत्रिम गर्भाधानले उन्नत जातका बीउहरुलाई साना किसानले समेत प्रयोग गर्न सक्ने भएकाले यसलाई महत्वपूर्ण रुपमा लिनुपर्ने उनको भनाइ रहेको थियो ।
तालिममा सहभागी कृषक तथा पोखरा लाइभस्टक प्रालिका सञ्चालक छ्याम थापाले सात दिने तालिमले आफुहरुलाई बंगुर पालनमा थप उर्जा प्रदान गरेको वताए । आफ्नो फर्म पोखरा लाइभ स्टकमा समेत रहेकाले पोखरा र आसपासमात्र नभइ नेपालभरकै बंगुर किसानका लागि कृत्रिम गर्भाधानका लागि सामाग्री प्रदान गर्न आफू तयार रहेको वताए ।
कार्यक्रममा डाक्टर नन्द प्रशाद शर्मा, डाक्टर शोभा शर्मा , झापा कुलुङ बंगुर फार्मका संचालक संजिव कुमार राइ लगायतले वोलेका थिए । तालिममा सैद्धान्तिक कक्ष पोखराको क्राउन हिमालयन होटलमा भएको थियोभने ब्यवहारिक कक्ष लेखनाथको रिठेपानीमा रहेका पोखरा लाइभस्टक प्रालिमा सम्पन्न भएको सामर्थ÷सिप्रेडका बंगुर विश्लेषक डाक्टर राजेश कुमार चौधरीले जानकारी दिए ।






Post a Comment

 
Top