0
गोल्डेन न्यूज संवाददाता
राष्टिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले प्याराग्लाईडिङलाई १३आंै सागमा समावेश गरिने बताएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाईडिङ्ग संघको सम्मान कार्यक्रममा बोल्दै उनले आगामी साग नेपालमा आयोजना हुने भएकाले कुन खेल समावेश गर्ने भन्ने अधिकार हुने भएकाले प्याराग्लाइडिङलाई समावेश गर्ने प्रतिबद्धता ब्यक्त गरे । 
उनले खेलका रुपमा समावेशमात्रै नभए स्वर्णपदक जित्ने समेत दावी गरे । उनले पोखरालाई साहसीक खेलकुदका रुपमा विकास गर्न राखेपले आवश्यक सहयोग गर्ने भन्दै सागको उद्घाटन समापन र केही खेलका प्रतियोगिता पोखरामा आयोजना गर्ने सोचमा रहेको बताउदै त्यसका लागि दबाब सृजना गर्न आग्रह समेत गरे । पोखरामा साग हुन सके खेलकुदका लागि पूर्वाधार थपिने र यहाँको कायापलट हुने उनले बताए । संस्कृति नागरिक उडडयन तथा पर्यटन राज्यमन्त्री बलबहादुर महतले प्याराग्लाईडिङ पर्यटनको मेरुदण्ड भएको बताए । उनले भुकम्पले तहसनहस भएको पर्यटन क्षेत्रलाई उकास्न प्याराग्लाईडिङको प्रचारप्रसार गरेर पर्यटक भित्रयाउन राज्यले पनि सहयोग गर्नुपर्ने बताए । 
कार्यक्रममा नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाईडिङ्ग संघको नवगठित कार्यसमितिलाई सदस्यसचिव विष्ट र मन्त्री महतले खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए । रुपनारायण श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ । कमिटीको पाँच उपाध्यक्षमा फत्तबहादुर गुरुङ, महेन्द्रकुमार पोखरेल, कृष्णहरि सुवेदी, सानुबाबु सुनुवार, नारायण पराजुली, महासचिव शैलेन्द्र रावत, सचिव इन्द्र भण्डारी र कोषाध्यक्षमा मधुकर सुवेदी रहेका छन् । साथै राजु तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाईडिङ्ग संघ गठन भएको छ । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तेजनारायण अधिकारी, एमाओबादी कास्कीका नेता रामजी बराल, टान पोखराका अध्यक्ष रामचन्द्र शर्मा, राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष गोविन्दराज पहारी, नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख दिपक बराल लागयतले बोलेका थिए । यसैवीच बुधबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाईडिङ्ग को प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । प्रमुख प्रशिक्षक सानुबाबु सुनुवार रहने गरि ६ सदस्यीय समिति गठन गरेको छ भने उक्त केन्द्रको इन्चार्जमा नारायणप्रसाद पराजुली रहने निर्णय गरेको संघले जनाएको छ ।


Post a Comment

 
Top