0
गोल्डेन न्यूज संवाददाता
उत्कृष्ट १५ मध्ये तीन जना बाहिरिएपछि जारी विग आईकन अन्तर्गत उत्कृष्ट १२ प्रतिस्पर्धी छनौट भएका छन् । मंगलबार भएको अडिसनमा प्रतियोगीहरु मृगेन्द्रमान कर्मचार्य, कुशल पोखरेल र सञ्जय सुनार बाहिरिएपछि प्रतियोगिता उत्कृष्ट १२ चरणमा उक्लिएको हो । आयोजक विग एफएमका अनुसार उत्कृष्ट १२ प्रतिस्पर्धीहरु उत्कृष्ट १० चरणको लागि भिड्नेछन् । उत्कृष्ट १० छनौट भएपछि प्रतियोगीहरुलाई अगाडि बढ्न निर्णायकको निर्णयसँगै एसएमएस भोटिङको पनि सहारा लिनुपर्ने कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए । 
उनले दिएको जानकारी अनुसार प्रतियोगीहरुको निर्णयमा निर्णायकको अधिकार ६० प्रतिशत हुनेछ भने एसएमएस भोटिङले ४० प्रतिशतका दरले निर्णयाधिकार राख्नेछ । सँगै उत्कृष्ट १० छनौट पछि प्रतियोगीहरुले सम्पूर्ण बाजागाजामा गीत प्रस्तुत गर्नेछन् । र, हालसम्मको अडिसनमा एउटा मात्रै गीत गाउँदै आएका प्रतिस्पर्धीले अब दुई वटा गीत प्रस्तुत गर्नुपर्नेछ । विग आईकनको यो सिजनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । यो सिजनमा निर्णायकहरुमा चर्चित गायक कर्णदास, विवेक श्रेष्ठ, श्यामसुङ तामाङ, विनोद बाँनिया र संगीतकार सुनील थापा रहेका छन् । छैटौं बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

Post a Comment

 
Top