0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका का प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले टोल विकास संस्थाहरुले पोखरा उप–महानगरपालिकाले संचालन  गर्ने अभियानहरुमा  रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन । पोखरा उपमहानगरपालिका शहरी गरिबी न्युनिकरण तथा सामाजिक परिचालन शाखाले आयोजना गरेको   नेतृत्व विकास तथा व्यवस्थापन तालिम समापन समारोहमा बोल्दै उनले टोल विकास संस्थाले पोखरा उप–महानगरपालिकाको आलोचना मात्र  होइन, अर्थपूर्ण सहकार्य गर्दे अघि बढ्नुपर्ने बताए । कामको मापदण्डका आधारमा टोल विकास संस्था वर्गीकरण गर्न लागिएको जानकारी गराउँदै उनले नियम मिचेर काम गर्ने टोल विकास संस्थालाइ कालो सूचीमा राख्ने र राम्रो काम गर्ने टोल विकास संस्थाको उचित मूल्याङ्कन गरिने स्पष्ट पारे । तालिममा पोखरा उप–महानगरपालिकाका  विभिन्न टोल विकास संस्थामा आबद्ध २५ जनाको सहभागिता रहेको थियो । तालिमलाई पोखरा उप–महानगरपालिका  सामाजिक शाखा महाशाखा प्रमुख बरिष्ठ अधिकृत ओमराज पौडेल, शहरी गरिबी न्युनिकरण तथा सामाजिक परिचालन शाखा प्रमुख सबिता ढुंगाना, सामाजिक सेवा शाखा प्रमुख दुर्गा न्यौपाने, गैह्र सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का,क्रियाशील पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिमिल्सिना पगेनीले सहजीकरण गरेका थिए ।






Post a Comment

 
Top