0
गोल्डेन न्यूज संवाददाता
रुपाकोट मेला २०७२ शुक्रबार रुपाकोटमा सम्पन्न भयो । ध्रुव तारा क्लब भिरचोक, रुपाकोट १, कास्कीको आयोजनामा रुपाकोट गाविसको कार्यालय वर्ने पोखरीको प्राङ्गणमा भएको थियो। मेला समापन कार्यक्रमको उद्घाटन ध्रुव तारा क्लब भिरचोकको १६ औं बार्षिकोत्सबको अबसरमा पुस २९ देखि माघ १ गतेसम्म भएको  कास्की क्षत्र न १ का सांसद तथा नेपाली कांग्रेस कास्कीका सभापति यज्ञ बहादुर थापाले गरेका थिए । मेलामा आयोजना भएको भलिबल प्रतियोगितामा प्रथम हुने  हिमदृश्य युवा क्लब, द्वितिय हुने  सिद्धार्थ स्मृति युवा क्लबलाई पुरस्कार वितरण गरिएको थियोे । 
त्यसै गरि हिमदृश्य युवा क्लबका खेलाडी नवीन गुरुङ बेस्ट प्लेयरको उपाधि पाएका थिए । कार्यक्रममा लोक गायक नबराज अधिकारी, सजना बास्तोला, सुभाष गुरुङ नृत्यमा सकिल खान, भद्रगोलका सिपि पुडासैनी (धतुरे), सुशील पौडेल, क्लबका कलाकारहरुले प्रस्तुति गरेका थिए । नेपाल पर्यटन वोर्डले प्रवद्र्धन गरेको मेलाको मुख्य प्रायोजक होमबहादुर गुरुङ, उनकी श्रीमती गिमाया गुरुङ तथा परिवारले गरेका थिए। भिरचोक इष्टमित्र सहयोग कोष पोखरा, चन्द्र प्रभा उच्च मा वि, भिरचोक तमु समाज, वेस्टर्न भिलेज एकेडेमी र मुस्लिम सेवा समाजले मेलालाई सहयोग गरेका थिए । 
क्लबका अध्यक्ष प्रेमकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लबका सल्लाहकार समितिका सयोजक बलराम गुरुङ र संचालन कोषाध्यक्ष मोहम्मद मोहसिनले गरेका थिए ।










Post a Comment

 
Top