0
गोल्डेन न्यूज संवाददाता
सयपत्री बचत तथा ऋण सहकारी संस्थाको शेयर सदस्यबीच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार जयकोट सामूदायिक बन क्षेत्र कार्की डाडामा आयोजित प्रशिक्षण एवं सांगीतिक कार्यक्रममा ४ सय ५२ जना सेयर सदस्यबीच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष विश्वराज बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवं प्रशिक्षण कार्यक्रमका संयोजक हरिश्चन्द्र बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव भिमप्रसाद न्यौपानेबाट कार्यक्रम सञ्चालन भएको थियो । सहकारीले सो अवसरमा सहकारीको झोला, टोपी, परिचय पत्र, टि–सर्ट अध्याधिक प्रयोगकर्ता सेयर सदस्य गोविन्दप्रसाद बास्तोलालाई मायाँको चिनो सहित सम्मान गरिएको थियो । सम्मानित बास्तोलाले सम्मानले इमान्दारिताको कदर र सेयर सदस्यहरुबीच मुल्याङ्कन परिपाटी सुरुवात गरेकोमा धन्यवाद दिएका थिए । पुस मसान्तसम्म ७५ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल कास्की जिल्ला भर कारोवार रहेको सहकारीले आगामी दिनमा रचनात्मक कार्य गरिँदै लगिने सहकारीका कोषाध्यक्ष एवं प्रवन्ध सञ्चालक धर्मप्रसाद बास्तोलाले जानकारी दिए । ५ सय १० जना सेयर सदस्य रहेको सयपत्री सहकारी सहकारी दिवसहरुमा सम्मानित र पुरस्कृत हुँदै आएको छ । कार्यक्रममा सहकारीका सल्लाहकार टिकाबहादुर कार्कीले सहकारीले सहकारी नीति र भावना अनुरुप कार्य गर्नु पर्ने भन्दै सयपत्री कास्की जिल्ला मात्र नभै देश भरकै नमूना सहकारीको रुपमा चित्रण गर्न विभिन्न योजनाहरु अगाडि ल्याउन सञ्चालक समितिलाई आग्रह गरे । प्रशिक्षणका क्रममा रमाईलो सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । लोक गायिका एवं लोक दोहोरी गीत प्रतिष्ठानका कोषाध्यक्ष चन्द्रा कार्की, गायिका निर्मला सुवेदी, गायक एवं राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका सचिव रामजी पौडेल, प्रतिष्ठान तनहुँका सदस्य सुरज लामिछाने, प्रतिष्ठान स्याङजाका सदस्य नेत्र खड्का लगायतको टोलीले सहकारीको भावना, मर्म र रकमको सदुपयोग बारेमा गीत मार्फत मनोरञ्जन दिएका थिए ।
सहकारीका सल्लाहकार एवं गीतका रचयीता नन्दा पुन, सेयर सदस्य गोविन्दप्रसाद बास्तोलाले सहकारी मैत्री कविता र गीत मार्फत सन्देश प्रवाह भएको सञ्चालक समितिका सदस्य सुर्य घिमिरेले जानकारी दिएका थिए । कार्यक्रममा सेयर सदस्य एवं पत्रकार शिरोमणी बराल, विनोद अधिकारी लगायतले विभिन्न जिज्ञासा राखेका थिए । महिला सेयर सदस्यबीच आपसी परिचय र महिला मैत्री सहकारी निर्माणमा टेवा पुग्ने भन्दै म्यूजिकल चियर र कुर्सी दौड प्रतियोगिता आयोजना भएको थियो । म्युजिकल चियर प्रतियोगितामा सेयर सदस्य रेखा ओझा प्रथम भई मायाँको चिनो र खादाले सम्मानित भएकी थिइन् भने शर्मिला बास्तोला द्वितीय स्थान हाँसिल गर्न सफल भएकी सेयर सदस्य हरिप्रसाद बाँस्तोलाले जानकारी दिए ।





Post a Comment

 
Top