0
गोल्डेन न्यूज संवाददाता
नेपाल राष्ट्रिय कर्मचारी महासंघ कास्कीको तेस्रो जिल्ला अधिवेशन तथा बनभोज कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ। शान्ति बनबाटिकामा सम्पन्न अधिवेशनले तारानाथ सुवेदीलाई जिल्ला अध्यक्षमा निर्विरोध निर्वा्चित गरेको छ। जिल्ला समितिको उपाध्यक्षमा प्रकाश ढकाल, रामचन्द्र अधिकारी, सचिवमा तारादेवी बराल, सहसचिवमा डिल्लीप्रसाद ढुङ्गाना, शिवप्रसाद गौतम र कोषाध्यक्षमा दुर्गा भूजेल निर्वाचित भएका छन्। त्यसै गरी महासंघको जिल्ला समितिमा बुद्धिसागर घिमिरे, भीमप्रसाद सुवेदी, लक्ष्मण घिमिरे, सन्तोष खनाल, सोमनाथ लम्साल, प्रकाशमणि रेग्मी, रोशन पाण्डे र राजेन्द्र हमाल निर्वा्चित भएका छन्। अधिवेशनले भूमिप्रसाद शर्मा, गोपीनाथ दयालु, भरतराज काफ्ले, राजेन्द्रप्रसाद आचार्य, माधवप्रसाद सुवेदी र पुष्पराज पौडेललाई सल्लाहकारमा चयन गरेको छ।
शनिबार नै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको जिल्ला समिति पनि निर्वा्चित गरिएको छ। निजामती जिल्ला समितिको अध्यक्षमा बुद्धिसागर घिमिरे निर्वा्चित भएका छन्। समितिको उपाध्यक्षमा रामचन्द्र ढुङ्गाना, सुमन गिरी, सचिवमा सन्तोष खनाल, सहसचिवमा रामहरि खड्का, कोषाध्यक्षमा बीरेन्द्र बराल र सदस्यहरुमा डिल्लुराम श्रेष्ठ, रमेश खड्का, खेमराज पौडेल, उमानाथ ढकाल, नारायण प्रसाद ढकाल, राधाकृष्ण दास र बुद्धिसागर पौडेल निर्वा्चित भएका छन्। निजामतीको सल्लाहकारमा तिलकप्रसाद सिलवाल, पूर्णभद्र पौडेल, ज्ञानबहादुर कार्की, अर्जुनकुमार न्यौपाने, खिमबहादुर भूजेल र सूर्यप्रसाद सुवेदी चयन भएका छन्। अधिवेशनमा बोल्दै एकीकृत ने.क.पा. (माओवादी) का पोलिट्व्यूरो सदस्य तथा ४ नं. प्रदेशका ईन्चार्ज डिलाराम आचार्यले ‘माक्र्सवाद विज्ञानको पनि विज्ञान भएको’ बताए। नेता आचार्यले भने, ‘विश्वमा ७ अरब जनसंख्या छ। तर, सम्पूर्ण मानव जातिको सम्पत्तिभन्दा बढी सम्पत्ति विश्वका १७० जना मान्छेको मुठ्ठीमा छ। यो अवस्था कायम रहेसम्म माक्र्सवादमाथि कसैले औंला ठड्याउन सक्दैन।’ आचार्यले ‘डा. बाबुराम भट्टराई समस्याबाट भागेको’ भन्दै एकीकृत माओवादीलाई शक्तिशाली बनाउन आफूहरु अग्नि परीक्षामा होमिएको बताए। ‘हामी अग्निपरीक्षामा होमिएका छौं। अब संगठनात्मक अभियानद्धारा माओवादीमा नयाँ जागरण सिर्जना गरिनेछ।’
कार्यक्रममा एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले ‘कर्मचारी स्थायी सरकार’ भएको भन्दै परिवर्तनको प्रक्रियालाई संस्थागत गर्न कर्मचारीको सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुनकुमार थापा, एमाओवादी कास्कीका कार्यालय सचिव मनहरि तिमिल्सिनाले राष्ट्रिय कर्मचारीको भूमिका र आगामी कार्यभारबारे बोलेका थिए। नेपाल राष्ट्रिय कर्मचारी महासंघ कास्कीका कार्यवाहक अध्यक्ष प्रकाश ढकालको अध्यक्षता, तारानाथ सुवेदीको सञ्चालन र तारादेवी बरालको स्वागत मन्तव्य रहेको कार्यक्रममा एमाओवादी नेताहरु बखानसिंह गुरुङ, आसमान रोका, सुमन देवकोटा, नेपाल पत्रकार महासंघ कास्कीका सचिव त्रिभूवन पौडेल, बन विज्ञान अध्ययन संस्थानका सहायक डीन जीवनाथ पाण्डे लगायतको आतिथ्यता रहेको थियो।












Post a Comment

 
Top