0
गोल्डेन न्यूज संवाददाता
पोखराको फेवा विकास बंैक  र नेपाल क्लियरिङ्ग हाउस बीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा संचालन गर्न सम्झौता भएको छ । सम्झौता पत्रमा फेवा विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले फेवा विकास वैक लिमिटेडलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनका लागि एनसीएचएल  आइपीएस प्रणाली उपलब्ध गराउने छ । उक्त प्रणाली मार्पmत नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णरुपमा संचालन गर्न सक्नेछन् । 
ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷ तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनैपनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने फेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए । यो सेवा प्रवाह गरे पश्चात बैंकका ग्राहकहरु थप लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।


Post a Comment

 
Top