0
गोल्डेन न्यूज संवाददाता
गुरुङ फिल्म अवार्ड अन्तरगत एसएमएस भोटिङबाट छनौट हुने चर्चित फिल्म, अभिनेता र अभिनेत्री विधाका लागि ‘भोटिङ कोड’ सार्वजनिक भएको छ । अवार्ड कार्यक्रमको आयोजक संस्था जक्शन ग्रुप (जक्शन डटकम) ले ‘भोटिङ कोड’ शुक्रबारदेखि लागु हुने गरि सार्वजनिक गरेको हो । तीन वटा शिर्षकमा खुला गरिएको एसएमएस भोटिङ फागुनको १३ गतेसम्मका लागि खुला गरिएको जक्शन ग्रुपका व्यवस्थापक अरुण गिरीले जानकारी दिए । यो बीचमा जसले धेरै एसएमएस भोटिङ प्राप्त गर्छन्, त्यहि फिल्म,अभिनेता र अभिनेत्रीलाई अवार्ड कार्यक्रमको दिन ‘चर्चित अवार्ड’ मिल्नेछ । चर्चित अवार्डका लागि २१ वटा फिल्म, १५ जना अभिनेता र ११ जना अभिनेत्री मनोनयनमा परेका छन् । आफूलाई मन परेको फिल्म, अभिनेता र अभिनेत्रीलाई जिताउनका लागि दर्शकहरुले एसएमएसमार्फत भोट गर्नुपर्ने हुन्छ । एसएमएस भोटिङको मिति सकिएसँगै फागुन ७ गते एक विशेष कार्यक्रम हुने आयोजक जक्शन ग्रुपले जनाएको छ । सो दिनमा सहभागी हुने दर्शकहरुले आफुलाई मन परेको फिल्म, अभिनेता र अभिनेत्रीलाई ‘लाईभ भोट’ समेत गर्न पाउनेछन् । एसएमएस र लाईभ भोटिङले नै चर्चित विधामा अवार्ड जिताउनेछ । अन्य विधाहरुमा भने निर्णायकको सर्वाधिकार रहनेछ । नेपालमै पहिलोपटक हुन लागेको गुरुङ फिल्म अवार्डमा कुल ७० वटा अवार्ड वितरण गरिनेछ । फागुनको १४ र १५ गते पोखरा ग्राण्डमा विशेष समारोहबीच हुने अवार्ड कार्यक्रमका लागि यतिबेला आयोजकले तिव्र तयारी गरिरहेको छ । अवार्ड कार्यक्रममा दुईवटा कालखण्ड गरि जम्माजम्मी ४६ वटा फिल्महरुले सहभागिता जनाएका छन् ।


Post a Comment

 
Top