0
दुई पाङ्ग्रे सवारी साधनमा पेट्रोलको लाइन अव्यवस्थित भएको गुनासो आइरहेका बेला पोखराको रानीपौवा आयल स्टोर्सले व्यवस्थित तरिकाले पेट्रोल वितरण गरेको छ । लाइनमा राखेका उपभोक्ताहरुको प्रत्येक मोटरसाइकलको नम्वर टिपेर शनिवार पेट्रोल वितरण गरिएको हो । अघिल्लो दिनमै लाइनमा राख्दा साँझ परेपछि बीचबीचमा मोटरसाइकल घुसाउनाले अव्यवस्थित भएको भन्दै लाइनमा राखिएका दुई पाङ्ग्रे सवारीसाधनको नम्वर टिपोट गरिएको गण्डकी धौवलागिरी पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव समेत रहेका पम्पका सञ्चालक राजन गोगंजुले जानकारी दिए। लाइनलाई व्यवस्थित बनाउन र नम्वर टिपोटका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।








Post a Comment

 
Top