0
गोल्डेन न्यूज संवाददाता
पोखरा सस्तो बजार व्यवस्थापन पृथ्वीचोकद्वारा संचालित दशंै तिहार उपहार योजनाको नतिजा सोमबार सार्वजनिक गरिएको छ । बजार कै प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच उक्त नतिजा सार्वजनिक गरिएको जनाईएको छ । करिब ५० हजार ग्राहकहरु सहभागी उक्त उपहार योजना अन्तरगत १ सय ३ जनालाई विभिन्न पुरस्कारहरु वितरण गरिएको छ । जस अनुसार पहिलो हुने भाग्यशाली ग्राहकलाई टिभिएस स्कुटर रहेको छ । उक्त स्कुटर कुपन नम्बर ०३३३५ का खराने लेखनाथकी दीक्षा पौडेललाई परेको छ । यस्तै दोस्रो हुने कुपन नम्बर १७७७८ लाई एलइडी टिभि परेको छ । साथै तेस्रो उपहार कुपन ०३०६३ नम्बरलाई फ्रिज परेको छ । कार्यक्रममा चौथो हुनेलाई मोवाईल, पाँचौ हुने भाग्यशाली ग्राहक दुई जनालाई पंखा तथा छैठौं हुने दूई जनालाई राईस कुक्कर वितरण गरिएको छ । यस्तै अन्य भाग्यशाली १० जनालाई कपसेट, आईरन २५ जनालाई, भिट्टेघडी ४० जनालाई, हातेघडी १० जनालाई र थर्मश १० जनालाई प्रदान गरिने भएको छ । गत भदौदेखि आइतबासम्ममा बजारमा रहेका कुनैपनि पसलबाट ५ सय रुपैयाँ बराबरको सामान खरिद गरेका ग्राहकहरुलाई उक्त योजनामा सहभागी गराईएको बजार व्यवस्थापनले जनाएको छ । करिब ३ वर्षदेखि पोखराको पृथ्वीचोक नजिकै २ सय १२ व्यवसायीहरुको संलग्नतामा संचालित उक्त बजारको प्रवद्र्धनका लागि यस्तो प्रकारको उपहार योजना ल्याइएको बजारका संरक्षक शिव खनालले बताए । त्यसो त, विगतमा पोखरालाई फुटपाठ मुक्त शहर बनाउनका लागि स्थानीय प्रशासनले पोखराका गल्लीहरुमा व्यापार गर्ने व्यापारीहरुलाई व्यवस्थित गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बनाईएका पोखरा उपमहानगरपालि का कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले भने पोखरालाई फुटपाथ मुक्त शहर बनाउनका लागि गल्लीहरुमा व्यापार गर्ने व्यापारीहरुले प्रशासनको कदमलाई समेत उपयुक्त साथ दिएका उल्लेख गर्दै आवाश्यक सहजिकरणका लागि नगरपालिका सदैव साथै रहेको विश्वास दिलाए । कार्यक्रममा समितिका अध्यक्ष केशवबहादुर भुजेल, सचिव प्रकाश दुलाल, कोषाध्यक्ष रमेशकुमार श्रेष्ठ, सल्लाहकार हरिप्रसाद फुँयाल,   नेकपा एमाले जिल्ला कमिटी कोषाध्यक्ष तेजनारायण अधिकारी, नेकपा–माओवादीका टीकाराम घिरिे लगायतले बोलेका थि ।  




Post a Comment

 
Top