0
कम्प्युटर शिक्षाको क्षेत्रमा एक दशक लामो अनुभव संगालेका युवाहरुद्वारा पोखराको अमरसिंहचोकमा सञ्चालित सेगा कम्प्युटर लिंकको शाखा सृजनाचोकमा खुल्ने भएको छ । एक सातापछि शाखा सञ्चालनमा आउने लिंकका सञ्चालक विकास भुर्तेलले जानकारी दिए । सेवा बिस्तार गर्ने सोचका साथ शाखा सञ्चालनमा ल्याउन लागिएकोे उनले बताए । ‘विद्यार्थीको माग र आवश्यकतालाई मध्यनजर गरी शाखा सञ्चालनको तयारी गरेका हौं,’ उनले भने । सृजनाचोक शाखाबाट कम्प्युटर र भाषा कक्षा सञ्चालन गरिनेछ । ‘वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई परामर्शको सुविधा पनि उपलब्ध हुन्छ,’ उनले भने । विद्यार्थीलाई ल्यापटपको माध्यमबाट कम्प्युटर शिक्षा प्रदान गरिने अर्का सञ्चालक महेन्द्र भुर्तेलले जानकारी दिए । ‘आधुनिक प्रविधिबाट विद्यार्थीलाई शिक्षा प्रदान गर्छौं,’ उनले भने । वेब डिजाइनिङ तथा वेब प्रोग्रामिङ, मोबाइल एप्लिकेसन, अटो क्याडमा टुडि, थ्रिडी, व्यासिक तथा एडभान्स लेबलको हार्डवयर, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज लगायतका कम्प्युटर कोर्ष प्रदान गरिने भुर्तेलले जानकारी दिए । दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइने उनले बताए । 
‘प्रशिक्षण पछाडि विभिन्न संघ–संस्थामा इन्टर्नसिपको व्यवस्था गरिनेछ,’ उनले भने । सूचना तथा प्रविधिको क्षेत्रमा चासो राख्ने विद्यार्थीलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याउन लागिएको हो । शाखा उद्घाटनको अवसरमा छिट्टै कम्प्युटर तथा ल्यापटपको निःशुल्क सर्भिस क्याम्प आयोजना गरिने बताइएको छ ।

Post a Comment

 
Top