0
गोल्डेन न्यूज संवाददाता
नेपाल प्रेस युनियन कास्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले आम सञ्चार प्रशिक्षण प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघका संस्थापक सभापति  कृष्णप्रसाद भट्टराईको नाम हटाउने तयारी गरेकोमा घोर भत्र्सना गरेको छ। युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा शनिबार बसेको आकस्मिक वैठकको निर्णय पछि एक सिवज्ञप्ति जारी गरि उक्त विरोध गरिएको हो । विज्ञप्तिमा सरकारको उक्त तयारीको घोर भत्र्सना गर्दै सरकारले निर्णय उल्ट्याएर संस्थापक सभापति भट्टराईको नाम हटाएर राष्ट्रिय आम सञ्चार प्रतिष्ठान स्थापना गर्ने तयारीलाई समस्त पत्रकार र पत्रकारिताको इतिहास नै मेटाउने षड्यन्त्र भएको उल्लेख गरिएको छ । 
विज्ञप्तिमा भनिएको छ–‘सरकारको यो तयारी भइरहँदा नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले आफ्नो इतिहास मेटिनेगरी स्थापना हुन लागेको उक्त  निर्णयमा मौन समर्थन रहेको प्रति प्रेस युनियन घोर भत्र्सना गर्दछ ।’  नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले वर्तमान सरकारको पछिल्लो कदमको विरोध गर्र्दै भट्टराईकै नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गराउने दवाव सहितको आधिकारिक धारणा सार्वजनिक गर्न समेत प्रेस युनियनले आग्रह गरेको छ । युनियनले महासंघले धारणा सार्वजनिक नगरेसम्म महासंघ मातहतका कुनैपनि शाखाले गरेका सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने चेतावनी समेत दिइएको छ।
तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला नेतृत्व सरकारको कार्यकालमा नेपालको पत्रकारिताको विकास एवम् पत्रकारहरुको क्षमता तथा दक्षता अभिवृद्धि गराउने उद्देश्यका सहित प्राथमिकताका साथ महासंघका संस्थापक सभापति भट्टराईको नाममा आमा सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने निर्णय भएको थियो। सोही अनुरुप तत्कालिन सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले मन्त्री परिषदमा समेत सोही नामबाट प्रतिष्ठान स्थापना गराउने प्रस्ताव समेत गरी कार्यान्वयनको प्रक्रिया अघि बढाईएको थियो।

Post a Comment

 
Top