0
गोल्डेन न्यूज संवाददाता
सांसद रविन्द्र अधिकारीले  कास्की क्षेत्र नम्बर ३ को योजना र विनियोजित बजेट सार्वजनिक गरेका छन् । शनिवार पोखरामा पत्रकार सम्मेलन गरी अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम अन्तर्गत बजेट सार्वजनिक गरेका हुन् । आर्थिक बर्ष २०७२÷७३ को लागि छनौट भएका योजना र विनियोजित बजेट सार्वजनिक गरेका हुन् । सांसद विकास कोष अर्थात् निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेटलाई पारदर्शी रुपमा प्रस्तुत गर्दै आएका अधिकारीले हरेक बर्ष आफ्नो क्षेत्रको योजना र बजेट सार्वजनिक गर्दै आएका छन् । 
उनले निर्वाचन क्षेत्रको विकासमा भागबण्डा भन्दा पनि प्रथामिकताको आधारमा योजना छनौट गरिएको बताए । समानुपातिक सांसदको पनि सहभागिता र सहमतिमा प्रथामिकता निर्धारण गरी प्राबिधिक रुपमा छनौट भएका योजनालाई बजेट विनियोजन गरिएको अधिकारीले बताए । कास्कीको निर्वाचन क्षेत्र नं. ३ मा पोखरा उपमहानगरपालिका अन्तर्गत ९ र लेखनाथ नगरपालिकाको ३ वडा पर्छन् । आव ७२÷७३ को योजनामा भर्खरै नगरपालिकामा गाभिएका साविकको गाविसलाई प्रथामिकतामा पारिएको छ । निर्वाचन क्षेत्र विकास पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत नगरपालिकामा गाभिएका नयाँ वडाको पुर्वाधार विकासलाई जोड दिईएको हो । जस अन्तर्गत फुस्रेखोला– रामदी–मट्टिखान ग्रामिण सडक, दोपहरे–कृस्ती–माझगाँउ–बक्रेक–पौवैगौडे ग्रामिण सडक , भगेरथान मार्ग नाली निर्माण, द्वार–ठूलढुंगा–छाँटिभञ्ज्याङ–गैरीगाँउ ग्रामिण सडकको लागि १०÷१० लाख रुपैया विनियोजन गरिएको छ । यस्तै चैनपुर–देउराली–चौवादी–लप्सीबोट सडक र निर्मलपोखरी– चिलाउनेखर्क ग्रामिण सडकका लागि ८÷८ लाख रुपैयाँ विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम अन्तर्गत एक करोड ५० लाख  र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २० लाख रुपैया प्राप्त हुने गर्छ । सो बजेट प्रथामिकताको आधारमा योजना छनौट गरी विनियोजन गरिएको अधिकारीले जानकारी दिए । योजना छनौट गर्दा सम्पन्न हुन लाग्ने लागत रकम र योजना सुरु भएदेखि ६ महिना भित्र सम्पन्न गर्ने सम्भाब्यतालाई समेत ध्यान दिईएको उनले बताए । अधिकारीका अनुसार ईलाका स्तरिय योजना तर्जुमा गोष्ठीबाट आएका योजना र जिविसमा पेश भएका योजनाहरुको प्रथामिकताका आधारमा प्राबिधिक र लागत मुल्याङ्कन गर्न लगाई तीन चरणमा छनौटमा परेका योजनालाई मात्रै बजेट विनियोजन गर्ने गरिएको छ । अधिकांश योजनामा बढी भन्दा बढी जनसहभागितामा जोड दिईएको उनले बताए । छनौट भएका योजना र विनियोजित बजेटको प्रभाबकारी कार्यन्वयन भए नभएको अनुगमनको लागि उनले आग्रह समेत गरे ।







Post a Comment

 
Top