0
हरि पन्त÷गोल्डेन न्यूज
आयोजक सहारा क्लव पोखरा १४औं आहारारा गोल्डकप फुटवल  प्रतियोगिताको अन्तिम चार अर्थात समिफाइलमा प्रवेश गरेको छ । सहाराले शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पहिलो पटक सहभागिता जनाएको युनाइटेड सिक्किम फुटवल क्लवलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । सहारा यो जितसंगै २ पटक फाइनलसहित आठौं पटक सेमिफाइनल पुगेको छ । सहारा क्याराभान गोल्डकप–२०५८, आहा गोल्डकप–२०६०, २०६१, २०६२, २०६४ र २०६७  मा सेमिफाइनल बाट बाहिरिएको थियो । यस्तै २०६९ मा फाइनल पुगेर थ्रीस्टारसंग पराजित भएको थियो भने २०७० मनाङ–मस्र्याङ्दीलाई पराजित गर्दै उपाधि जितेको थियो । 
सहारालाई सेमिफाइनलमा पु¥याउन एल्भिस र शिव सुवेदीले १–१ गोलको योगदान दिए । दुवै गोल खेलको दोस्रो हाफमा भएको हो । पहिलो हाफमा दुवै टीमले गोलसहित खेलेका थिए । खेलको ५९औं मिनेटमा एल्भिसको गोलमा अग्रता लिएको सहाराले ८८औं मिनेटमा पुनः अर्को गोल गर्दै जितलाई सुनिश्चित गरेको थियो । एल्भिसले डिएरिया नजिकैबाट बुद्ध तामाङले दिएको क्रस बललाई हेडमार्फत सुन्दर गोल गरेका थिए । यस्तै खेलको म्यान अफ दी म्याच समेत घोषित शिव सुवेदीले एकल प्रयासमा युनाइटेड सिक्किमका सोनाम र गोल रक्षक सूर्य परियारलाई छक्याउँदै गोल गरेका थिए । खेल शुरु भएको छैटौं मिनेटमै पनि सहाराका शिव सुवेदीले गोल गरेका थिए । उक्त गोललाई अफसाइड भन्दै रेफ्री नविन्द्र महर्जनले गोल दिएनन । तर सहाराका टीमकोच किरण श्रेष्ठले भने उक्त गोल अफसाइड नभएको दावी गरेका थिए । 
शनिबारको दिन तथा आयोजक सहाराको खेल भएकाले हौसला प्रदान गर्न हजारौं दर्शक रङ्गशाला पुगेका थिए । तर दर्शकको अपेक्षा अनुरुप दुवै टीमले खेल्न सकेनन् । खेल अवधिभर सहारा र युनाइटेड सिक्किमले २÷२ राम्रा अवसर पाएका थिए । दुवै अवसरमा सहारा चुकेन भने युनाइटेड सिक्किमले सदुपयोग गर्न नसकी प्रतियोगिताबाटै बाहिरियो । युनाइटेड सिक्किम यस वर्षको सिक्किम प्रिमियर लिगमा तेस्रो स्थान हासिल गरेको टोली हो । उक्त टोलीले सन् २०१३ मा आइलिग खेल्दा रेलिगेन्समा परेपछि बी डिभिजनमा खेल्दै आएको बताइन्छ । खेलको २०औं मिनेटमा सहाराका पाल्साङले डिएरिया नजिक वान भर्सेज १ को अवस्थामा पाएको सुन्दर अवसरलाई सदुपयोग गर्न सकेनन् भने ३५औं मिनेटमा आशिष केसीले कर्नर एरियाबाट गरेको सशक्त प्रहार गोलपोष्ट भन्दा केही माथिबाट बाहिरियो । ३८औं मिनेटमा बुद्ध तामाङले डिएरिया नजिकैबाट गरेको कडा प्रहारलाई युनाइटेड सिक्किमका गोलरक्षक सूर्य परियारले मुस्किलले विफल पारिदिए । 
यता युनाइटेड सिक्किमले पनि गोल गर्ने दुई सुन्दर अवसर र केही प्रयास सदुपयोग गर्न सकेन । खेलको ५६औं मिनेटमा सितेशले डिएरियाबाट गरेको सशक्त प्रहारलाई सहाराका गोलरक्षक विनय श्रेष्ठले मुस्किलले पञ्च गर्दै विफल पारिदिए । खेलको सातौं मिनेटमा गोलपोष्ट नजिकै सुकराजले पाएको सुन्दर अवसरलाई खेर फालेका थिए भने २०औं मिनेटमा डिएरिया नजिकैबाट एन भुटियाले हानेको बल र ७५औं मिनेटमा कर्नर एरिया नजिकैबाट होनेका कडा प्रहारले पनि गोलपोष्टको दिशा लिन सकेन । एन भुटिया इण्डोनेसियाको एक क्लवमा आवद्ध भएर खेलेका र भर्खरै टीममा छनौट भएका खेलाडी हुन् । यस्तै ७४औं मिनेटमा शिशल कर्ताकको कर्नर प्रहारबाट शितेषले पाएको सुन्दर अवसरलाई खेर फाले । विजयी सहाराले सोमबार हुने आर्मी र थ्रीस्टार बीचको विजेतासंग सेमिफाइनल खेल्नेछ । आइतबार मनाङ–मस्र्याङ्दी क्लव र इण्डियन आर्मी गोर्खा बिगे्रट टीमबीच दोस्रो क्वाटरफाइनल खेल हुने आयोजक सहरा क्लवले जनाएको छ । मनाङले वाइ पाई सिधै क्वाटरफाइनल खेल्ने भएको हो भने गोर्खा व्रिगेटले एपीएफलाई पराजित गरि क्वाटरफाइनलको यात्रा तय गरेको थियो । 
खेल समापनपछि प्रतिक्रिया दिंदै सहाराका टीम कोच करिण श्रेष्ठले आफूहरुले अबको लक्ष्य फाइनल खेल्नु भएको बताए । उनले खेलाडीका प्रदर्शनप्रति आफू सन्तुष्ट रहेको भन्दै आगामी खेलमा अझै सुधार गरेर खेलिने स्पष्ट पारे । यस्तै युनाइटेड सिक्किमका टीमकोच राज मिलन र म्यानेजर अर्जुनले आप्mनो टीमको पराजित हुनुको कारण खेलमैदान भएको बताए । उनीहरुले सिक्किममा आर्टिफिसियल मैदानमा खेलेको टीमले पोखराको नेचुरल मैदानमा खेल्न नसकेको बताए । आफूहरुले दर्शकको समेत महत्वपूर्ण साथ पाएपनि पराजित भएको भन्दै सबै दर्शकलाई आभार व्यक्त गरे भने सहारालाई आगामी सफलताको शुभकामना प्रकट गरेका थिए ।





Post a Comment

 
Top