0
गोल्डेन न्यूज संवाददाता
विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९, नयाँबजारको अध्यक्षमा पुनः सुवर्णमान नकर्मी निर्वाचित भएका छन् । संस्थाको मंगलबार सम्पन्न चौथो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट नकर्मी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष नकर्मी श्याम इन्जिनियरिङ्ग र कास्की इन्भेष्टमेन्ट कम्पनीका संचालक हुन्। समितिको उपाध्यक्षमा सावित्री बराल कटुवाल निवाृचित भएकी छन् । उनी गण्डकी मेकानिक अटो वक्र्समा कार्यरत छन् । संस्थाको सचिवमा निर्वाचित गंगाधर सुवेदी अपेक्षा बुक्स एण्ड स्टेशनरीका प्रोपाइटरका साथै विभिन्न संघ–संस्थामा सक्रिय छन् भने कोषाध्यक्षमा निर्वाचित बलभद्र नकर्मी पोखराका उद्योगपति हुन् । 

यस्तै समितिको सदस्यहरुमा स्तिफन खड्का, किरण कपाली, मसिना (गंगा) महत रहेका छन् । यस्तै संस्थाको लेखासमिति संयोजकमा बुद्धिसागर ढकाल र सदस्यमा लक्ष्मी नकर्मी र ख्यामनाथ अधिकारी रहेका छन् । यसअघि कार्यक्रमको उद्घाटन गर्दै कास्की बचत संघका अध्यक्ष रविरमण तिवारीले छोटो समयमै विन्ध्यवासिनी सहकारीले लामो फड्को मारेको बताए । उनले सहकारीको विकास द्रूतगतिमा भएको भएपनि सहकारीप्रति हेर्ने सरकारको दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको स्पष्ट पारे । कार्यक्रममा कास्की बचत संघका उपाध्यक्ष सुदिप ढकाल, संस्थाका शेयर सदस्य गंगाधर सुवेदी, सचिव पार्वती बराल कटुवाल, प्राध्यापक एवं समाजसेवी गणेशबहादुर गुरुङ, गण्डकी अटोमेकानिक वक्र्सका अध्यक्ष कुलबहादुर नेपाली, दयाश्रम पुन लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।




Post a Comment

 
Top