0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आसन्न तेह्रौँ महाधिवेशनबाट पार्टीभित्रको भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस कास्कीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीमा ६०÷४० को भागबन्डा अन्त्य नभएका कारण पार्टी सङ्गठन कमजोर भएको बताउँदै उहाँले पार्टीलाई गुटउपगुटबाट उठाएर सशक्त नेपाली काँग्रेसका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिए । विभिन्न विवादका बाबजुत पनि पार्टी महाधिवेशनको सङ्घारमा अघि बढेको उल्लेख गर्दै नेता कोइरालाले राष्ट्र र पार्टीलाई हाँक्न सक्ने सक्षम नेतृत्व चयनका लागि पार्टीका सदस्य लाग्नुपर्ने बताए ।सरकार निर्माणका सम्बन्धमा काँग्रेस हारेर पनि देशले जितेको चर्चा गर्दै कोइरालाले काँग्रेस देशका विद्यमान समस्याको समाधानमा दृढताका साथ लाग्ने बताए ।

Post a Comment

 
Top