0
गोल्डेन न्यूज संवाददाता
सासंद एवं पूर्व यूवा तथा खेलुकदमन्त्री पुरुषोत्तम पौडेलले फुटसल बन्द गर्नु गतल भएको बताए । माघेसंक्रान्तिको अवसरमा शुक्रबार पोखरामा आयोजित १५औं राष्ट्रिय माछापुच्छे« फुलकन्ट्रयाक कराँते तथा चौथो क्योकुशिन बुदोकाई कराँते प्रतियोगिताको उद्घाटन गदै उनले फुटसल बन्द गर्नु खेलकुद क्षेत्रलाई हतोत्साही बनाउने षडयन्त्र भएको बताए । उनले भने–‘फुटसल बन्द गर्नु खेलकुद क्षेत्रमा निजी क्षेत्रबाट भैरहेको लगानीलाई हतोत्साही गर्नु हो, त्यसैले बन्द गर्ने निर्णय उचित छैन् ।’ उनले फुटसलमा विकृति विसंगति भए हटाउन उपाय खोज्नुपर्नेमा बन्द गराउन नहुने बताए । मन्त्री पौडेलले पोखरालाई खेलकुद पर्यटनको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सरकारले लगानी गर्नुपर्ने आवश्यकता समेत औल्याए ।
‘पोखरा खेल पर्यटनका लागि सम्भावना बोकेको शहर हो, त्यसैले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि सरकारी लगानी हुनुपर्छ’–उनले भने । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानी बनाउन भौतिक पूर्वाधार निर्माणलाई ध्यान दिनुपर्नेमा जोड दिंदै पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि डिपिआर गर्ने काम सुरु भएको जानकारी दिए । कार्यक्रममा क्योकुशिन बुदोकाई कराँते खेलाडी अनिल गुरुङ, दाबहादुर क्षेत्री, लालबहादुर छन्त्याल र कलाकार प्रजापति पराजुली र तुलसा क्षेत्रीलाई सम्मान गरिएको थियो । 
प्रतियोगितामा माछापुच्छे« फुलकन्ट्रयाक कराँते तथा चौथो क्योकुशिन बुदोकाई कराँते महिला खुल्ला तर्फ सुनिता गुरुङ र पुरुष खुल्ला तौल समूहमा हाइन्द्र अडेमगर च्याम्पियन बनेका छन् । क्योकुशिन बुदोकाई कराँते कास्कीले माघेसंक्रान्तिको अवसरमा आयोजित १५औं राष्ट्रिय माछापुच्छे« फूलकन्ट्रयाक कराँते तथा चौथो क्योकुशिन बुदोकाई कराँते प्रतियोगिताको सोही तौल समूहको महिलामा अम्विका जिसी दोस्रो, दिक्षा गुरुङ र सुधा पौडेल तेस्रो भए भने पुरुषतर्फ केशब दराई दोस्रो, गणेश अधिकारी र सगुन तामाङ तेसो भए ।
 त्यस्तै ३० केजी तोल समुहमा इन्द्रबहादुर थापा प्रथम, राजन विक द्वितीय, निशान प्रधान तृतीय र अमन पौडेल भए । ३५ केजी तौल समूहमा धिरज परियार प्रथम, अविनाश अधिकारी दोस्रो, नवराज गुरुङ तेस्रो र प्रविण पाण्डे भए । ५० केजी मुनिको तौल समूहमा मुकेश गुरुङ प्रथम, निरज रानाभाट दोस्रो, नारायण ताम्राकार तेस्रो र अर्जुन बराम भए । ४० केजी तौल समूहमा सुमन प्रतेल प्रथम, लक्ष्मण ताम्राकार दोस्रो र प्रशान्त क्षेत्रीय तृतिय र कपिल कुमाल भए । ४५ केजी तौल समूहमा अनिल बराम प्रथम, विनोद नेगी दोस्रो, मन्दीप वि.क. तृतिय र लक्ष्मण शाही भए । 
५० केजी तौल समूहमा युकेश गुरुङ प्रथम, निरज रानाभाट द्वितिय, नारायण ताम्राकार र अर्जुन बराम तेस्रो भए । ५५ केजी मुनिको तौल समूहमा सोम तामाङ प्रथम, मोहराज आचार्य दोस्रो, विक्रम क्षेत्री र अजय राई तेस्रो भए । त्यस्तै महिला ४५ केजीमा सुष्मा थापा प्रथम, एलिसा बराल दोस्रो र सरला खड्का र अन्जना अधिकारी तेस्रो भएका थिए ।












Post a Comment

 
Top