0
गोल्डेन न्यूज संवाददाता
पोखराका अग्रज साहित्यकार दीलिप दोषी सम्मानित भएका छन् । ओखलढुङ्गामा नेपाली साहित्यको श्रीवृद्धिका लागि स्थापना भएको नमस्ते साहित्य समाजले नेपाली भाषा र साहित्यमा उल्लेखनीय योगदान पु¥याएबापत उनलाई सम्मान गरेको हो । दोषीले लामा समयदेखि हाईकु, कविता, गीत र स्तम्भ लेखन गर्दै आइरहेका छन् । उनी गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष समेत हुन् । उनी यसअघि पनि विभिन्न संघ–संस्थाबाट सम्मानित एवं पुरस्कृत भइसकेका छन् । 
 गजल स्रष्टा दीलिप दोषीलाई ओखलढुङ्गाको रुम्झाटार उच्च माध्यामिक विद्यालय परिसरमा सिद्धिचरण सम्मान–२०७२ बाट प्रमुख अतिथि डा.नवराज लम्सालबाट सम्मान प्रदान गरिएको हो । त्यसैगरी नेपाली गजल वर्ष सम्मान चितवनका गजलकार पुष्प अधिकारी अञ्जली, नमस्ते साहित्य रत्न सम्मान मकवानपुरका कवि बिर्खे अञ्जान, नमस्ते साहित्य समाज युवा प्रतिभा सम्मान स्याङ्जाका जीवनपानी, नमस्ते साहित्य समाज नव प्रतिभा सम्मान बाँकेका सुमित्रा न्यौपाने एवम् नमस्ते साहित्य समाज सेवा सम्मान ओखलढुङ्गाका गोकर्ण बानियाँलाई प्रदान गरिएको छ । कार्यक्रममा नेपालका विभिन्न जिल्लाका स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो भने अवसरमा गजलकार विष्णुदीप सङ्कल्पको गजल सङ्ग्रह सङ्कल्प र कवि तथा सञ्चारकर्मी कष्ण कट्टेलको कविता सङ्ग्रह सरकार पारीको गाउँ पनि अर्पण गरिएको थियो । संस्थाका सचिव प्रकाश किरणले कार्यक्रम सञ्चालन र विष्णुदीप सङ्कल्पको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका चर्चित गायक नारायण राईले आफ्नो साँगीतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा करिब तीन दर्जन स्रष्टाहरुले आफ्नो रचना वाचन समेत गरेका थिए भने ओखलढुङ्गा बजार जहाँ भूकम्पले प्रभावित क्षेत्रमा भूकम्पसम्बन्धी कविता वाचन सुदेश सत्यालले गरेका थिए ।
यसैबीच सम्मानित व्यक्तित्व एवं अग्रज साहित्यकार दीलिप दोषीले आफ्नो रचनालाई ओखलढुङ्गामा मूल्याङ्कन गरि सम्मान गर्दा अत्यन्तै खुशी लागेको बताए । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै साहित्यकार दोषीले भने–‘पोखरामा रहेर मैले रचना गरें । त्यसको राष्ट्रिय रुपमै मूल्याङ्कन गरिनु अति सह्रानीय काम हो । त्यसमाथि सम्मान पाउँदा समग्र पोखराले सम्मान पाएको अनुभूति भएको छ । यसले साहित्य क्षेत्रमा लाग्न थप उत्पे्ररण जनाएको छ ।’ 
अर्को प्रसङ्गमा दोषीले छिट्टै आफ्नो गजल र मुक्तक संग्रह बजारमा आउने बताए । आफूले साहित्य क्षेत्रमा गर्ने सम्पूर्ण कामलाई आफ्नी स्वर्गीय छोरीप्रति समर्पण गरिने उनले बताए । उनले साहित्य क्षेत्रमा भएको विकृति–विसंगति हटाउन देशव्यापी अभियान चलाउन आफू लागेको स्पष्ट पारे ।








Post a Comment

 
Top