0
लमजुङको पर्यटकीय गाउँ गिलुङमा हुने क्वोइ च्हों देवी रनिङ शिल्ड फुटवल प्रतियोगितामा २२ टीमले सहभागिता जनाउने भएका छन् । खुल्ला पुरुष तथा महिला नकआउट फुटवल प्रतियोगितामा शनिबारसम्म २२ पुरुष टीमले दर्ता गराएको आयोजक मिलन युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । महिला टीमले भने आइतबारसम्म टीम दर्ता गर्ने समय रहेको गुरुङले बताए । प्रतियोगितामा कास्की र लमजुङका फुटवल टीमले सहभागिता जनाएका छन् । आइतबारको उद्घाटन खेल रामबजार युथ क्लव, लमजुङ र आयोजक रातोबीच हुने बताइएको छ । दोश्रो खेल चौतारी युवा क्लव करापु र अण्डर सिक्सटिन गिलुङ, तेश्रो खेल सुर्योदय निमावी, घान्द्राङ लमजुङ र माटेपानी युवा क्लव पोखरा र चौंथो खेल नाल्मा लमजुङ र मितेरी युवा क्लव घान्द्राङबीच हुने छ । क्लवले गिलुङको चिसापानीमास्थित बुद्धोदय उच्च माविको ४१ औं बार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गर्दै आएको हो । पुरुष फुटवलतर्फ प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।









Post a Comment

 
Top