0
गोल्डेन न्यूज संवाददाता
युवा यातायात व्यवसायी केशवप्रसाद अधिकारीलाई राष्ट्रिय नागरिक विकास समाजले सम्मान गरेको छ । समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप अधिकारीलाई सम्मान गरिएको हो । शनिबार काठमाडौंमा आयोजित एक समारोहका बीच अधिकारीलाई उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सम्मान गरे । उक्त अवसरमा विज्ञान तथा प्रविधि मन्त्री शिबलाल थापा र खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले समेत अधिकारीलाई सम्मान गरेका थिए । केशवप्रसाद अधिकारी पोखराका सफल पर्यटन एवं यातायात व्यवसायी हुन् । उनी जगदम्बा टूाभल्सका अध्यक्ष, पृथ्वीराजमार्ग बस सञ्चालक समितिका संरक्षक लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । जगदम्बा टूाभल्सले केही समय पहिलेदेखि काठमाडौं देखि पोखरासम्म मिनी बारसहितको बस सञ्चालनमा ल्याएको छ ।
शान्ति र विकासप्रति समर्पित भई राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान पु¥याएबापत अधिकारी सहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको नागरिक विकास समाजका अध्यक्ष महेशजंग कुँवरले जानकारी दिए । विभिन्न क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरुलाई समाजले सम्मान गर्दै आएको छ । सम्मानले समाज सेवाको क्षेत्रमा थप सक्रिय बन्नका लागि प्रेरणा मिलेको अधिकारीले बताए ।








Post a Comment

 
Top