0
गोल्डेन न्यूज संवाददाता
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबल र उसुको प्रशिक्षण पोखरामा सुरू भएको भएको छ । बन्द प्रशिक्षणका लागि ह्यान्डबलका २८ र उसुका १७ जना खेलाडी पोखरा आएका छन् ।
ह्यान्डबलको मालेपाटनस्थित कालिका गणको खेल मैदानमा प्रशिक्षण चलिरहेको छ । सागमा ह्यान्डबल ११ औं संस्करणदेखि समावेश गरिएको हो । यसअघि पुरूषतर्फ मात्र प्रतिस्पर्धा भएको थियो । महिलातर्फको स्पर्धामा पहिलो सहभागिता हुन लागेको छ। पोखरामा एक महिनासम्म प्रशिक्षण गर्ने मुख्य प्रशिक्षक हिमाल दाहालले जानकारी दिए।
टोलीलाई अझ राम्रो बनाउन फ्रान्सबाट विदेशी प्रशिक्षक लरेन्ट बाउड जनवरी १६ मा आउने उनले बताए। ह्यान्डबलका खेलाडी २८ र अरु ४ गरी ३२ जनाको टोली पोखरा प्रशीक्षणमा छन्। उसुका १० जना पुरूष र ७ जना महिला खेलाडी र ४ जना प्रशिक्षकसहित टोली पोखरा प्रशिक्षणमा व्यस्त छ। शनिबारबाट प्रशीक्षण पोखरामा प्रशिक्षण सुरु भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले जानकारी दिए। सागकी रजत पदक विजेता तथा पोखराकी खेलाडी झरना गुरुङ पनि प्रशिक्षणमा छिन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका प्रमुख लवभक्त श्रेष्ठले अन्य खेलको बन्द प्रशिक्षणका लागि पनि पोखरा उपयुक्त स्थान भएको बताए । प्रशिक्षणमा रहेका खेलाडीलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराएको श्रेष्ठले बताए ।



Post a Comment

 
Top