0
गोल्डेन न्यूज संवाददाता
यु–१९ विश्वकपको तयारीमा रहेको नेपाल अफगानिस्तान विरुद्धको दोस्रो अभ्यास खेलमा ४१ रनले पराजित भएको छ।अफगानिस्तानले दिएको २१३रनको लक्ष्य पछ्याएको नेपाली टोली ४१ ओभर ३ बलमा १७१रन बनाएर अलआउट भयो। सुनिल धमलाले ४१ र आरिफ शेखले २८ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनीय योगदान गर्न सकेनन्।भारतको राजधानी नयाँ दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदा २१२ रन बनाएको थियो। अफगानिस्तानका शम्सुर रहमानले ७५ रन बनाउँदै टोलीको स्कोर माथि उकासेका थिए। कुसल भुर्तेलले ३, दिपेश श्रेष्ठ र नन्दन यादवले २–२ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए। यसअघि पहिलो अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको थियो।बङ्ग्लादेशमा हुने विश्वकपमा नेपालले आगामी माघ १४ गते न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ। यस्तै माघ १६ गते आयरल्याण्ड तथा १८ गते भारतसँग खेल्ने छ।  


Post a Comment

 
Top