0
गोल्डेन न्यूज संवाददाता
त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि कास्की ११ ले जितेको छ । बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको भारतको दिल्लीलाई २८ रनले पराजित गर्दै उपाधि जितेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस हारेर व्याटिङको निम्तो पाएको कास्की ११ ले निर्धारित २० ओभरमा अर्जुन अधिकारीले ४९ बलमा सर्वाधिक ४८ रन योगदानमा एकसय ३७ रनको योगफल तयार पारेको थियो । विधान श्रेष्ठले २५ बल खेल्दै १६ रन बनाई पवेलियन फर्किए । सुमन घिमिरेले ५ बलमा १३ रन हिर्काएका थिए । प्रदीप राउतको खातामा भने १० रन लेखियो । बलिङ तर्फ दिल्लीका कौशिकले चार ओभरमा ४१ रन दिएर दुई विकेट लिए । एकसय ३८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभर पुरै खेलेर अतुल त्यागीले १८ बलमा २० रनको योगदान दिए । त्यसैगरी कौशिकले १७ रन बनाए । राजकुमारले १४ रन बनाएका थिए । बलिङ तर्फ विपिन खत्रीले तीन विकेट, जिम्मी गुरुङ र प्रदीप राउतले दुई÷दुई विकेट लिएका थिए । म्यान अफ दि म्याचको पुरस्कार विपिन खत्री भए । प्रतियोगितामा म्यान अफ दि सिरिजबाट दिल्लीका अक्कि घोषित भए । प्रतियोगिताको विजेता लाई कास्की जिल्ला क्रिकेट संघका सदस्य दिपेन्द्र चन्द र वाईवाई चाउचाउका पोखरा शाखामा मेनेजर मिलन रानाले लगायतले ट्रफी तथा पदक वितरण गरेका थिए ।

Post a Comment

 
Top