0
गोल्डेन न्यूज संवाददाता
कम्युनिटी सपोर्ट ग्रुप (सिएसजी)नेपालको पोखरामा शनिवार सम्पन्न १२आंै साधारण सभा तथा छैठांै अधिवेशनमा आदर्श समाज दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देललाई सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि समाजसेवी जगन गुरुङ र संस्थाका अध्यक्ष मनोज गुरुङले उनलाई संयुक्त रुपमा सम्मान गरेका थिए। उनलाई दोसल्ला ओढाउनुको साथै सम्मान पत्र प्रदान गरिएको छ। पत्रकारिता मार्फत सामाजिक गतिविधिको प्रवद्र्वनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोभन्दै प्रमुख समाचारदाता सिग्देललाई सम्मान गरिएको हो। त्यसअवसरमा संस्थाको उत्कृष्ठ कर्मचारीको रुपमा टुकमाया गुरुङलाई पनि सम्मान गरिएको थियो। अधिवेशनले आगामी दुई वर्षका लागि पुनः मनोज गुरुङको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रत्नमान गुरुङ, सचिवमा मनोजकुमार गुरुङ, सहसचिवमा रामचन्द्र पोखरेल, कोषाध्यक्षमा करुणा ढकाल र सदस्यमा ओमकृष्ण गुरुङ, प्रेमदेवी परियार, कुल्सुङ बानु आलम, ड्युक कोइराला छन्। 
साधारण सभाले सचिव रत्नमान गुरुङ र कोषाध्यक्ष करुणा ढकालले प्रस्तुत गरेको संस्थागत र आर्थिक प्रतिवेदन पारित गरेको छ। यसअघि अधिवेशनको उद्घाटन गर्दै समाजसेवी जगन गुरुङले समाजसेवा जटिल कार्य भएको बताए। समाजसेवाका लागि समय र पैसाको खर्च भएपनि बेग्लै खुशीको अनुभूति हुने उल्लेख गरे।
कार्यक्रममा एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, संरक्षक सल्लाहाकार प्रा.डा. कृष्ण के.सी, नारायण गुरुङ, ईश्वरलाल हिराचन, सुन्दर गुरुङ, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका एचआईभी फोकल पर्सन नानीबाबु ढकाल, महिला अधिकार मञ्च कास्कीका अध्यक्ष मुना शेरचन, कम्युनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङ, सम्मानित पत्रकार आदर्श समाज दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देल लगायतले बोलेका थिए। सिएसजीका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव मनोजकुमार गुरुङले स्वागत र सदस्य रामचन्द्र पोखरेलले कार्यक्रम संचालन गरेका थिए।

Post a Comment

 
Top