0
पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका जिल्ला वन कार्यालय, भूसंरक्षण कार्यालय एवम् मातहतका कार्यालय, आयोजना र परियोजनाको क्षेत्रीय योजनातर्जुमा गोष्ठी बिहीबारदेखि सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखराको आयोजनामा भएको दुईदिने सो गोष्ठीमा ती निकायका १६० प्रमुखको सहभागिता छ । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले गोष्ठीको शुभारम्भ गर्दै कार्यालयमा विनियोजित बजेट खर्च गर्न नसक्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरे। आवको लामो समयसम्म बजेट खर्च नगर्ने र आवको अन्त्यतिर हतार हतारमा बजेट खर्चने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै सचिव ठाकुरले कार्यालयको बेरुजु फछ्र्याेटलाई ५० प्रतिशतभन्दा माथि पु¥याउनुपर्ने बताए । राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका सदस्य सचिव डा अन्नपूर्ण दासले नदीनालाको संरक्षण गर्न सके चुरे तराई मधेसमा पर्ने जिल्लाकोे विकास गर्न सकिने बताए। क्षेत्रीय प्रशासन कार्यालयका सहक्षेत्रीय प्रशासक दिवाकर बास्तोलाले कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गरे ।


Post a Comment

 
Top