0
सन्दिप पौडेल
नेपाली काग्रेसको १३औं महाधिवेशन नजिकिँदै गर्दा विभिन्न ईकाईहरुमा चहलपहल बढेको छ । यसैक्रममा लेखनाथमा चर्चामा रहेका ३ जना प्रत्यासीहरु कल्याण वावु भण्डारी, राजेन्द्रमणि लामिछाने, सुरज जंग राणा आआफ्नै रणनीतिमा लागेका छन् । लेखनाथका विभिन्न ईकाईमा कार्यक्रम मार्फत जनमत जुटाउँदै गरेका प्रभावशाली नेता भण्डारी आफूलाई निर्विरोध हुने दावी गरेका छन् । ‘निरन्तर राजनीतिमा छु । लोभ र लाभमा मुछिएको छैन, सवैको सल्लाहमा संगठन गर्छु, स्थानीय निकायको कुनै पनि पदमा दावा गर्दिन’, उनले भने–‘सबै अग्रजलाई सम्मान गरेरै अघि बढ्छु ।’ ‘उहाँहरु भन्दा म राम्रो र अब्बल छु होइन, सहमतिमा नेतृत्व लिने छु । कोही क्षेत्रमा र कोही नगरमा र कोही स्थानीय निकायमा जाँदा सवैलाई भूमिका मिल्छ भन्ने मेरो आशय हो’–उनले भने । उनले थपे–‘१२ आंै महाधिवेशनलाई हामीले एकताको महाधिवेशका रुपमा लिएर अगाडि बढेको साढे पाँच वर्ष वितिसक्दा पनि आजसम्म भावनात्मक एकता हुन नसकेको तितो यथार्थलाई आत्मसाथ गर्दै चुनावी प्रतस्पर्धामा जाँदा सगठनमा गुट उपगुटको राजनीतिले थप प्रबय पाउने छ । कमजोर संगठनको नेता हुन भन्दा मजवुत संगठनको कार्यकर्ता वन्न लाग्दै म सहमतिको वातावरणमा विश्वस्त छु ।’ उनले सुरज जंग राणा आफ्नो व्यक्तिगत जीवनमा अत्यन्त निकट मित्र र छिमेकी भएको र राजेन्द्रमणि लामिछानेको कार्यसमितिको सदस्य बनेर एक कार्यकाल काम गरिसकेको बताए। भण्डारीले चुनावले लोकतन्त्र र लोकतान्त्रिक पद्धतिलाई मजवुत पार्ने भएतापनि आफ्नो व्यक्तिगत र भावनात्मक कारणले प्रत्यासी दुवैजनासँग मतदान प्रक्रियालाई आफूले उचित नठान्ने र आप्mनो प्रयत्न निर्विरोध वन्नेमा रहेको भन्दै सफल हुने आशा लिएको बताए।

Post a Comment

 
Top