0
गोल्डेन न्यूज संवाददाता
आहारारा गोल्डकपको उपाधिका लागि मनाङ मस्र्याङ्दी र त्रिभूवन आर्मी क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा झापा–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै मनाङले आर्मीसँगको भिडन्त पक्का गरेको हो । आर्मी बुधबार आयोजक सहारा क्लव पोखरालाई पराजित गर्दै यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । उपाधि भिडन्त शनिबार हुनेछ ।

पोखरा रंगशालामा भएको खेलमा मनाङको जितमा ओलावाले एकलैले ३ गोल गर्दै समेत हृयाट्रिक गरे । यसअघि एक गोल गरेका उनी सर्वाधिक गोलकर्ताका दाबेदार पनि हुन् । खेलमा सुजल श्रेष्ठले एक गोलको योगदान दिए ।  पहिलो हाफ निक्कै रोमाञ्चक र प्रतिष्पर्धात्मक भएको थियो । दुवै पक्ष आक्रामक रुपमा प्रस्तुत भएका थिए । खेलको १६औं मिनेटमा मनाङका अफ्रिकन खेलाडी ओलावालेले गोल गर्दै अग्रता दिलाए । एक गोलले पछि परेको झापा दोश्रो हाफमा थप आक्रामक भयो । झापालाई दबावमा राखेर खेल्न शुरु गरेको झापाले ७१ औं मिनेटमा दोश्रो गोल खायो । मनाङका टीम क्याप्टेन अनिल गुरुङको उत्कृष्ट क्रस पासमा खेलका म्यान अफ्दी म्याच समेत घोषित ओलावालेले पुनः अर्को गोल गरे । उनले गोल गर्दा झापाका गोलरक्षक किशोर गिरी गोलपोष्ट भन्दा केही बाहिर थिए । दोश्रो गोल खाएपछि झापाले लय गुमायो र ७५औं मिनेटमा तेश्रो गोल खायो । सिसोकोको क्रसमा सुजल श्रेष्ठले उत्कृष्ट गोल गरे । झापाले चौथो गोल भने ईञ्जुरी समयमा खायो । बायाँ साईडबाट बल अगाडि बढाउँदै लगेका सुजलले किपरलाई समेत विट गर्दै दिएको पासलाई पेनाल्टी एरियामा रहेका ओलावालेले उत्कृष्ट गोल गर्दै हृयाट्रिक पूरा गरे । मनाङले पाएका थप केही अवसर भने गोलमा परिणत गर्न सकेन । खेलको ११औं मिनेटमा अाित तामाङ र १३औं मिनेटमा विश्वास श्रेष्ठ र ४४औं मिनेटमा अनिल गुरुङले डिएरिया नजिबाट हानेको कडा प्रहारले गोलपोष्टको दिशा लिन सकेन । यस्तै ५० औं मिनेटमा विश्वास श्रेष्ठ र ५६औं मिनेटमा साइस्को र ६६औं मिनेटमा विश्वासकै उत्कृष्ट प्रहारलाई झापाका गोलरक्षक किशोर गिरीले गोल हुन दिएनन् ।  रक्षापंक्तिमा कमजोर देखिएको झापाले केही राम्रा अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । झापाका योगेश गुरुङले नवौं मिनेटमा प्रहार गरेको फ्रिकिक मनाङका गोलकिपर किरण चेम्जोङले मुस्किलले विफल पारे ।  ६७ औं मिनेटमा क्याप्टेन नरेन्द्रमणि लिम्बुले प्रहार गरेको बल पनि चेम्जोङले मुस्किलले जोगाए । ्यस्तै ८८औं मिनेटमा झापाका खामिर गिल्सनको पासमा कर्ण लिम्बुले प्रहार गरेको बल जोगाउने क्रममा मनाङका गोलकिपर किरण चेम्जोङ घाइते भए । उनको टाउको गम्भीर चोट लागेपछि मैदानबाटै बाहिरिनुपरेको थियो । ईञ्जुरी समयको तेश्रो मिनेटमा दिलेन लोक्तानले प्रहार गरेको बल क्रसबार भन्दा केही माथीबाट बाहिरिएको थियो ।

खेल समापन पछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भरपर्दा खेलाडी नभएपनि आफ्ना खेलाडीले सोचेअनुरुप नै खेलेको बताए । उनले फाइनलमा आर्मीलाई हराएर उपाधि जित्ने लक्ष्यका साथ नै खेल्ने बताए । यस्तै झापाका प्रशिक्षण  भगिरथ आले मामाले आफ्ना खोलाडीले खेल्नुपर्ने खेल नखेलेका कारण पराजित हुनुपरेको भन्दै खेलाडीप्रति असन्तुष्टि जनाए । उनले खेलाडीले खेलको महत्व बुझेर खेल्न नसक्दा नै समस्या आएको स्पष्ट पारे । प्रशिक्षक ेले भने–‘मेरा खेलाडीले विपक्षीको रणनीति बुझेर खेल्न नसकेका हुन् । हारजीत त खेलमा हुन्छ तर, आजको भारी अन्तर चाहि खेलाडीको तालमेल नमिलेको हो भन्छु ।’

Post a Comment

 
Top