0
अखिल नेपाल स्वास्थ्यकर्मी इकाइ गण्डकी मेडिकल कलेजले विगतमा भएका सहमति कार्यान्वयन गर्न अस्पताल प्रशासनलाई आग्रह गरेको छ । आन्दोलनताका सात बुँदे सहमति भएकोमा अझै ३ बुँदा कार्यान्वयन नभएको भन्दै संगठनले स्वास्थ्यकर्मीका माग सम्वोधनमा ढिलाई नर्गन सुझाव दिएका हुन् । समितिले आज आयोजना गरेको भेलामा सहभागी स्वास्थयकर्मीले कर्मचारीको सञ्चयकोष, स्वास्थ्य विमा र नियमावली निर्माणमा प्रशासनले ढिलाइ गरेको बताएका छन् । समितिका अध्यक्ष उदय बहादुर खत्रीको अध्यक्षतामा भएको भेलामा वरिष्ठ सल्लाहकार तारानाथ अधिकारी, श्रीप्रसाद जोशी, उपाध्यक्ष वसन्ती पौडेल, सचिव डोलराज गौतमले अस्पतालको जिम्वेवारी प्रति आफूहरु प्रतिवद्ध रहेको बताएका थिए ।




Post a Comment

 
Top