0
गोल्डेन न्यूज संवाददाता
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण क्षेत्र लेखनाथको पचभैयामा शनिवार पहिलो पटक जंगल सफारी तथा गरिएको छ । विश्व सिमसार दिवस फेब्रुअरी दुईको पूर्व सन्ध्यामा पोखरामा रहेका विभिन्न संघ सस्थाको सहकार्यमा चिडियाखाना निर्माण स्थल पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक बन उपभोक्ता समुह अन्तर्गत पर्ने जंगलमा अवलोकन भ्रमण गरिएको हो । लेखनाथ नगरपालिका र सीड फाउण्डेशनको अगुवाइमा सिमसारको क्षेत्रमा काम गर्दै आइरहेको लिवर्ड, सामाजिक शैक्षिक तथा वातावरणीय विकास प्रतिष्ठान कास्की, लेखनाथ वर्ड एण्ड इको टुरिजम सोसाइटी, युनाइटेड क्लवका पदाधिकारीहरु सहभागी उक्त भ्रमणले चिडियाखाना निर्माण स्थल पचभैया सामुदायिक वन उपभोक्ता समुह, चायापानी चिसाकुना सामुदायिक बन उपभोक्ता समुह र चैनपुर सामुदायिक बन अन्तर्गत पर्ने एक सय चौतिस हेक्टर क्षेत्रफलको भ्रमण गरेको हो । भ्रमणका क्रममा वन क्षेत्रमा रहेका जीवजनावर तथा चराचुरुङगी, विभिन्न प्रकारका जडीवुटीहरुको प्रत्यक्ष अवलोकन गरिएको थियोभने चैनपुर सामुदायिक बनमा पर्ने सीता गुफाको अवलोकन,लेखनाथ ११ मा पर्ने लेखनाथकै पुरानो मन्दिर गोरखनाथ मन्दिरको अवलोकन गरिएको थियो । लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृत लोक बहादुर भण्डारीले लेखनाथ जैविक विबिधताले भरिपूर्ण क्षेत्र भएको वताउदै पोखरामा निर्माण हुने अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा यस्ता जंगल सफारीले महत्वपूर्ण भुमिका खेल्ने वताए । पर्यटन प्रवद्र्धनमा यस्ता भ्रमणले थप उर्जा प्रदान गर्ने वताउदै आगामी दिनमा पनि यस्ता भ्रमणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेलले शनिवारको चिडियाखाना निर्माणस्थल अवलोकन भ्रमणले निर्माण समितीलाई चिडियाखाना निर्माणमा हौसला प्रदान गरेको वताए । चिडियाखाना निर्माणको काममा नाकाबन्दीका कारण ढिलाई भइरहेको वताउदै नाकाबन्दी खुल्नासाथ यसलाई निरन्तरता दिने समेत उनले वताए । विभिन्न संघ सस्था वन उपभोक्ता समितीका पदाधिकारी सहित ५६ सदस्यीय टोलीले भ्रमणमा सहभागीता जनाएको थियो ।


Post a Comment

 
Top