0
गोल्डेन न्यूज संवाददाता
बंगलादेशमा जारी आईसीसी यू–१९ विश्वकपमा नेपालले आयरल्यान्डमाथि ८ विकेटले सहज जित हासिल गरेको छ । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले नेपाल सामू १३२ रनको चुनौति दिएको थियो । जित संगै उमेर समूहको विश्व क्रिकेटमा समृद्ध इतिहास रहेको नेपालले शनिबार त्यसमा अर्को कोशेढुंगा उपलब्धी थपेको छ । नेपालले यसका लागि बंगलादेशमा भइरहेको यू–१९ विश्वकपको क्वाटरफाइनल यात्रा तय गरेको हो । नेपाल युवा विश्वकपको अन्तिम आठमा पुगेको यो दोस्रो पल्ट हो । प्रतियोगिताको समूह ‘डी’ मा नेपालसँगै भारत लगातार दुईरदुई खेल जितेपछि यो स्थिति तयार भएको हो । भारत पनि प्रतियोगितको अन्तिम आठमा पुगेको छ । नेपालले आफ्नो दोस्रो खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएको हो । नेपालले पहिला खेलमा न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो । नेपाल यसअघि सन् २००० को यू–१९ विश्वकपमा क्वाटरफाइनल पुगेको थियो । तर त्यति बेला नेपाललाई भाग्यले साथ दिएको थियो । यसपल्ट भने नेपालले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धीलाई आत्मसात् गरेको हो । अब नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ । लगातार दुई खेल हारेपछि यो समूहका अरु दुई टिम न्युजिल्यान्ड र आयरल्यान्डको चुनौती समाप्त भएको छ । उनीहरूबीचको लिगको अर्को खेलको औपचारिक अर्थ हुने छैन् । उनीहरूले अब प्लेट च्याम्पियन सिपमा खेल्नेछन् । भारतले भने शनिबारको अर्को खेलमा न्युजिल्यान्डलाई १ सय २० रनले हराएको हो । पहिले ब्याटिङ गरेको भारतले त्यस खेलमा आठ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ओभरमा ३१.३ ओभरमा अलआउट भएर १ सय ३८ रन मात्र जोड्न सक्यो । यसअघि भारतले आयरल्यान्डलाई हराएको थियो। नेपालको क्वाटरफाइनलमा प्रतिद्वन्द्वी भने तय हुन बाँकी छ । त्यसका लागि नेपाल र भारतबीचको खेल तथा त्यसपछि तय हुने समूह विजेता र उप विजेताले निर्णायक भूमिका खेल्नेछ । समूह ‘डी’ को क्वाटरफाइनल समीकरण समूह ‘ए’ सँग रहेको छ । यस समूहमा बंगलादेश, दक्षिण अफ्रिका, नामिबिया र स्कटल्यान्ड छन् । समूह ’डी’ को विजेताले समूह ‘ए’ को उप–विजेतासँग खेल्नेछ । यस्तै समूह ’डी’ को उपविजेताले समूह ‘ए’ को विजेतासँग खेल्नेछ । अन्तिम खेल अगाडि समूह ‘डी’ मा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छ । यता, यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध ह्याट्रिक गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले त्यो उपलब्धी आँफैमा अविश्वसनीय रूपमा बताएका छन् । यो प्रतियोगिताको पहिलो ह्याट्रिक पनि हो । यही प्रदर्शनको मद्दतले नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेर क्वाटरफाइनलको यात्रा तय गरेको छ । उनी खेलको म्यान अफ द म्याच पनि चुनिएका छन् । पहिलोपटक युवा विश्वकप खेलिरहेका सन्दीपले मिडियासँग कुराकानी गर्दै भने,–‘यो ह्याट्रिक निकै महफ्वपूर्ण क्षणमा आएको थियो । मलाई लाग्छ, यही क्षणले नेपाललाई क्वाटरफाइनलमा पु¥याउन मदत ग¥यो । मलाई विश्वास छ, नेपालको यस्तै राम्रो प्रदर्शन प्रतियोगिताका बाँकी खेलमा पनि जारी रहने छ ।’
को हुन् सन्दिप ?

राष्ट्रिय टोलीमा यसै विश्वकपबाट डेब्यू गरेका सन्दिप लामिछानेले ३१ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक लिएपछि आयरल्याण्ड धरासायी बन्यो। नवलपरासीका सन्दीप लामिछानेले यु–१९ राष्ट्रिय टोलीमा पहिलो पटक स्थान पाएका हुन्। यु १९ विश्वकपको तयारीका लागि आयोजित सुपर लिग प्रतियोगितामा उनले सर्वाधिक १२ विकेट लिएका थिए। नेपाली टोलीका पूर्वप्रशिक्षक पुवुदु दासानायाके उनको खेलबाट प्रभावित भई उनलाई काठमाडौँ बोलाएर क्याम्पमा राखेका थिए। आयराल्याण्डविरूद्ध १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ५ विकेट लिए।
नेपाललाई जिताउने खेलाडीहरू

सन्दिप लामिछाने ः जारी यु–१९ विश्वकपको दोस्रो खेलमा आयरल्यान्डविरुद्ध  नेपालका सन्दीप लामिछानेले सानदार प्रदर्शन गरे। राष्ट्रिय टोलीमा यसै विश्वकपबाट डेब्यू गरेका उनले ३१ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक लिएपछि आयरल्याण्ड धरासायी बन्यो। नवलपरासीका सन्दीप लामिछानेले यु १९ राष्ट्रिय टोलीमा पहिलो पटक स्थान पाएका हुन्। यु १९ विश्वकपको तयारीका लागि आयोजित सुपर लिग प्रतियोगितामा उनले सर्वाधिक १२ विकेट लिएका थिए। नेपाली टोलीका पूर्वप्रशिक्षक पुवुदु दासानायाके उनको खेलबाट प्रभावित भई उनलाई काठमाडौँ बोलाएर क्याम्पमा राखेका थिए। आयराल्याण्डविरूद्ध १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ५ विकेट लिए।
योगेन्द्र सिंह कार्की ः जारी यु(१९ विश्वकपको दोस्रो खेलमा आयरल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ कार्कीले नेपालको पारी सम्हाल्न महत्वपूर्ण भूमिका खेले। नटआउट ६१ रन बनाएका उनले ८१ बल खेल्दै ८ चौका प्रहार गरे। उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए । तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे।
आरिफ सेख ः जारी विश्वकपमा राम्रो प्रदर्शन गर्दै आएका सेखले शनिबार आयरल्याण्डविरूद्ध ३१ रनको पारी खेले। उनले योगेन्द्रसिंह कार्कीसँग ७७ रनको साझेदारी समेत गरे। ३६ बल खेलेका सेखले ५ चौका प्रहार गरेका थिए। यसअघि ७ ओभर बलिङ गरेका उनले २ मेडनसहित २० रन खर्चिए।
सुनिल धमला ः ओपनर सुनिल धमलाले आयरल्याण्डविरूद्ध शनिबार २८ रनको पारी खेले। उनले ३५ बल खेल्दै ४ चौका र एक छक्कासहित २८ रन बनाए। यसअघि १० ओभर बलिङ गरेका उनले ३ मेडनसहित २३ रन खर्चिएर १ विकेट लिए।

Post a Comment

 
Top