0
गोल्डेन न्यूज संवाददाता
 पिसजोन एकेडेमी पोखरा ८ सिमलचौरको वार्षिक कार्यक्रम अनुसार वार्षिक खेलकुद तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । वार्षिक खेलकुद अन्तर्गत दौड, रिले दौड, फुटबल, सटपुट, हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प लगायतका प्रतियोगिताहरु समावेश गरिएको थियो भने स–साना विद्यार्थीहरुको लागि बेलुन फुटाउने, स्वीट रेश, फाइण्डिङ्ग द अल्फावेट, क्वेन रेस, रियो र धागो रेस लगायतका खेलहरु समावेश गरिएको थियो ।
 छात्रतर्फको फुटबलमा रातो सदन प्रथम तथा हरियो सदन द्वितीय भएका थिए भने छात्रा तर्फको फुटबलमा रातो सदन र पहेँलो सदन क्रमशः प्रथम र द्वितीय भएका थिए । शिक्षका तथा महिला कर्मचारीहरुको निम्ति खेलाइएको म्युजिकल चियर खेलमा खिमकुमारी भट्टराई, प्रतिक्षा गुरुङ्ग र इन्दु गुरुङ्ग क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । त्यसैगरी प्राचार्य र सहप्राचार्यको टीमबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा प्राचार्यको टिमले सहप्राचार्यको टिमलाई १ का विरुद्ध २ गोलले पराजित गरेको थियो । सो खेलमा प्राचार्यको टिमबाट शिक्षिका स्वेच्छा गुरुङ्ग र शिक्षक अरस्तु शर्माले १÷१ गोल गरेका थिए भने सहप्राचार्यको टिमबाट शिक्षक अभिषेक शर्माले पेनेल्टीमार्फत १ गोल गरेका थिए । खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई स्वर्ण, रजत तथा कास्य पदकले सम्मानित गरिएको थियो ।

त्यसैगरी अंग्रेजी तथा नेपाली कविता प्रतियोगितामा मावि तर्फको नेपाली कविता प्रतियोगितामा अभिषेक नेपाली (१०) प्रथम, आदर्श लामिछाने (८) द्वितीय, अनमोल बराल (१०) र समर भट्टराई (८) तृतीय तथा सपना क्षेत्री (१०) ले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए भने अंग्रेजी तर्फ अपेक्षा थापा (९), सिम्रन थापा (१०), दिक्षा थापा (१०) ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।  
समापन कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले पढाइका अतिरिक्त विद्यार्थीहरुले खेलकुद लगायत अन्य विधामा पनि अघि बढ्नुपर्ने बताए । विद्यालयका सहप्राचार्य मोतिलाल लामिछानेको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन प्राचार्य सुरेन्द्र शर्मा दाहालले ग।ेका थिए।

Post a Comment

 
Top