0
गोल्डेन न्यूज संवाददाता
विजनेस युनिभर्सल डेभलपमेन्ट बैंक र फेवा विकास बैंक एकआपसमा मर्ज नहुने निश्चित भएको छ । दुई संस्था मर्जरमा जान सहमति गरेको डेढ महिनापछि यी दुई बैंक मर्जर प्रक्रियाबाट टाढीएका हुन् । मर्जर प्रक्रिया औपचारिक रुपमै टुटे्पछि बिजनेस युनिभर्सल बैंकको बुधबारबाट नेप्सेमा कारोबार शुरु भएको छ । मर्जरमा जाने बिषयमा फेवा विकास बैंकका संचालकहरुबीच मतभेद देखिएपछि यी दुई बैंकको मर्जर टुटेको हो। फेवाका अधिकास संचालक मर्जरमा जाने पक्षमा देखिएको भएपनि फेवा भित्रको विवाद बढ्दै गएपछि विजनेश युनिभर्सल समेत यो प्रक्रियाबाट बाहिरिएको हो । गत मंसिर १ गते बिजनेस युनिभर्सल र फेवाले मर्जमा जाने समझदारी गरेका थिए । मर्ज गर्ने निर्णय गर्दा आफूलाई कुनै जानकारी नदिइएको भन्दै फेवाका तत्कालिन अध्यक्ष जगन गुरुङले बैंकका ३० प्रतिशत सेयरधनीको साथ लिएर राष्ट्र बैंकमा निवेदन दिएका थिए । त्यसपछि मर्जरमा किन नजाने भनेर केन्द्रीय बैंकले उनलाई स्पष्टीकरण मागेको थियो ।
विजनेस युनिभर्सल डेभेलपमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि फेवा विकास बैंकले जगन गुरुङलाई अध्यक्षबाट हटाएर रामभत्त रञ्जितलाई नयाँ अध्यक्ष छानेको थियो । बैंकका शेयरधनी सदस्यहरुको भेलाले विवाद मिलाउन विशेष साधारणसभा आह्वान गर्ने निर्णय समेत गरेको थियो ।




Post a Comment

 
Top