0
गोल्डेन न्यूज संवाददाता
कास्कीको उत्तर पूर्बमा रहेको रुपकोट गाविसको ध्रुब तारा क्लव र स्थानीय सामाजिक संघ संस्थाको सहकार्यमा आयोजना गर्न लागेको रुपाकोट महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढेको छ। 
क्लबको १६औं बार्षिकोत्सवका अवसरमा रुपाकोटको भिरचोकमा पुुस २९देखि माघ १ गते सम्म गर्न लागेको तीन दिने महोत्सवलाई प्रभावकारी बनाउनका लागि क्लबका अध्यक्ष प्रेम कुमार खड्काको संयोजकत्वमा विभिन्न उप समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ। 
समितिको सांस्कृतिक उप समितिमा मदन गुरुङ, आर्थिक संकलन उपसमिति संयोजकमा कुमार गुरुङ, प्रचार–प्रसार उपसमितिमा त्रिविक्रम केसी र खेलकुद उपसमिति संयोजकमा ओेम प्रकाश गुरुङ रहेका छन्।  क्लबले हरेक बर्ष आयोजना गर्दै आएको महोत्सवले आन्तरिक पर्यटन प्रबद्र्धन र रुपाकोटको पर्यटन विकासमा सहयोग पु¥याउने विश्वास लिईएको छ। तीन दिनसम्म चल्ने महोत्सवमा विशेषगरि विभिन्न खेलकुद प्रतियोगिता,सांस्कृर्तिक कार्यक्रम अन्तर्गत दोहोरी गीत र एकल नृत्य,सोरठी,घाटु नाच,भजन चुड्का र रोधीका कार्यक्रमहरु रहेको मूल संयोजक प्रेम कुमार खड्काले जानकारी दिए । महोत्वको तयारीका लागि भिरचोक वरपर सरसफाई र स्टल बनाउने काम भईरहेको छ भने महोत्सव अबधि भर पोखराबाट रुपाकोटसम्म थप यातायातको ब्यवस्था समेत गरिने भएको छ।

Post a Comment

 
Top