0
गोल्डेन न्यूज संवाददाता
वर्तमान समयमा भएको एल पि ग्याँसमा असहज परिस्थितिलाई व्यवस्थापन गर्ने उद्देश्यले पोखरा–७, प्रगति टोलमा ग्याँस उपभोक्ता कार्ड वितरण गरिएको छ । टोल विकास संस्थाका अध्यक्ष प्रकाश भुजेलको संयोजनमा बिहीबार ८४ घर धुरीलाई नगरपालिकाबाट वितरण गरिने ग्याँस उपभोक्ता कार्ड प्रदान गरिएको हो । १५१ देखि २३४ नम्बरसम्मको कार्ड वितरण भएको टोल विकास संस्थाका अध्यक्ष भुजेलले जानकारी दिए । भुजेलले स्थानीयवासी ईन्द्र बहादुर परियारलाई पहिलो कार्ड हस्तान्त्रण गरी कार्यक्रम सुरु गरेका थिए ।

यसैगरी पोखरा–९ मा रहेको शान्तिवनवाटिका टोलविकास संस्थाद्वारा एलपि ग्याँस कार्ड वितरण गरियो । संस्थाका अध्यक्ष वलराम पहारीको अध्यक्षतामा भएको  कार्यक्रममा पोखरा ९ का वडा सचिव लोकदर्शन कोईरालाले व्यनरमा हस्ताक्षर गरि कार्यक्रम उद्घाटन गर्दै विषम परिस्थितिमा मात्र नभई सधैका लागी ग्यास सहज वनाउन एलपि ग्यास कार्डले सहयोग पू¥याउने वताए। कार्यक्रममा वडा सचिव कोईरालाले ग्याँस कार्ड संस्थाका सल्लाहकार वेलदास पहारी लाई हस्तान्तरण गरि कार्ड वितरण गरिएको थियो। कार्यक्रममा पोखरा ९ वडा समन्वय समिति का अध्यक्ष उत्तम जोसी, समाजसेवी दामोदर शर्मा,लक्ष्मी अधिकारी, वेलदास पहारी संस्थाका सल्लाहकार दुगादेवी पहारी, प्रकास पहारी, दिपक पहारी, कृष्ण टोल विकास संस्थाका सचिव प्रेम गरुङ, शान्तिवन टोल विकास संस्थाका कोषाध्यक्ष पूर्खबहादर मगर सचिव प्रकाश विक लगायतले वोलेका थिए। कार्यक्रममा संस्थाका उपाध्यक्ष माधव रानाभाटले स्वागत मन्तव्य र संस्थाका सचिव प्रकाश शर्माले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा १६२ जनालाई ग्यांस कार्ड वितरण गरिएको थियो।






Post a Comment

 
Top