0
राजाराम पौडेल÷गोल्डेन
गुरुङ फिल्मका निर्देशक प्रितम गुरुङले आफ्नो फिल्ममा अभिनय गर्ने अफर राख्दा सुरुमा नरजंग गुरुङ झस्किए । गायन कलाको माध्यमबाट दर्शक श्रोता माझ चिनिएका उनलाई यो प्रस्ताव स्वीकार गर्ने की नगर्ने दुविधा प¥यो । आफ्नो भविष्य साँगीतिक क्षेत्रमा देखेपनि फिल्ममा अभिनय नगरेर  स्थापित भैसकेका निर्देशक प्रितम गुरुङको प्रस्ताव अस्वीकार गर्ने साहस उनमा भएन । अनि उनले साँगीतिक क्षेत्रलाइ निरन्तरता दिदैँ फुर्सदको समयमा फिल्ममा अभिनय गर्ने निर्णय गरे । सुरुमा फिल्ममा अभिनय गर्ने कि नगर्ने दोधारमा परे अनि अनुभव हासिल गर्न भन्दै यात्रा तय गरे’–उनी भन्छन् । फिल्ममा अभिनय गर्नुको उनको अर्को उद्देश्य अनुभव हासिल गर्नु पनि थियो । 

साँगीतिक क्षेत्रमा नै आफ्नो भविष्य देखेका उनले आफ्नो गीत ‘स्याङ्जाली ठिटो’ मा मोडल बनेर अभिनय गरेका थिए । यहि गीतमा अभिनय गरेका कारणनै उनी निर्देशक प्रितम गुरुङको आखाँमा परेका हुन् । रोधी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण गरिएको फिल्म ‘च्ह् च्ह्मी’  (छोराछोरी) मा ‘लबर ब्वाई’ को भूमिकामा उनि देखिएका थिए । यो फिल्ममा गरेको उनको अभिनयलाई गुरुङ फिल्मका दर्शकले मन पराए । विशुद्ध गुरुङ भाषामा बनेको यो फिल्मबाट पाएको सफलतालेनै उनी फिल्मको क्षेत्रमा समेत अगाडि बढ्न हौसीए । यो फिल्म पश्चात हर्क गुरुङको माध्यमबाट गुरुङ फिल्मका निर्माता, निर्देशक एवं कलाकार माओत्से गुरुङ ले निर्माण गरेको फिल्म ‘नरे’ मा काम गर्ने अवसर उनले पाए । यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका उनी फिल्मको कथा आफ्नो जीवनसँग मिल्ने भएकोले अझ उत्साहित भएका थिए । यो फिल्ममा उभ्याइएको पात्रलाइ न्याय गर्न सकेको कारण दर्शक श्रोताको माया थप बढेको उनी बताउँछन् । गुरुङ गाँउभित्र कसरी जिवनयापन चलिरहेको छ भन्ने विषयवस्तुमा फिल्म केन्द्रित रहेको थियो । ‘गुरुङ गाउँभित्रको संस्कार र संस्कृति फिल्म मार्फत चित्रण गर्ने प्रयास गरिएको थियो’ उनले थपे–‘गुरुङ गाउँको वातावरण, त्यहाको समस्यालाई फिल्मको माध्यमबाट प्रष्ट पार्न खोजिएकोले दर्शकले मन पराए ।’ 

यसरी गुरुङ फिल्ममा अभिनय गरेका उनै नरजंगले अब सुभेच्छा प्रोडक्सन हाउसले निर्माण गर्न लागेको ‘प्रे सोना’ (सँगै बाँचौ) मा अभिनय गर्दै छन् । यस फिल्ममा उनले गरिब परिवारको व्यक्तिको भूमिका निभाउने छन् । खुस बहादुर गुरुङले निर्देशन गर्ने यो फिल्मको छायाँकन शुरु भएको छ । यो गुरुङ फिल्ममा भिम गुरुङ, रजनी गुरुङ, उर्मिला गुरुङ लगायतको अभिनय रहने छ । गायनको माध्यमबाट आफ्नो यात्रा शुरु गरेका नरजंग गुरुङ अभिनयको क्षेत्रमा समेत सक्रिय हुँदै छन् । अभिनयलाइ निरन्तरता दिदाँँ समेत उनको गायन यात्रामा कुनै कमी आएको भने छैन । ‘फिल्ममा काम गरेपछि फिल्मका गीतमा आवाज भर्न पाएकोले झनै सक्रियता बढेको छ ।’ उनले भने । ंनेपाली साँगीतिक क्षेत्रमानै आफ्नोे भविष्य देख्ने यी प्रतिभाले फिल्मको क्षेत्रमा समेत सम्भावना बोकेको कलाकारको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् । हुन त वि.स. २०४२ सालमा देउराली–३, स्याङ्जामा बुबा उद्बहादुर र आमा उर्मिला गुरुङको पहिलो सन्तान भएर उनी जन्मीएका हुन् । उनको सानैदेखि गीतसंगीतमा रुचि थियो । बाल्यकालदेखिने मनपरेको गीत गुनगुनाई हाल्ने बानी उनमा थियो । विभिन्न कार्यक्रममा भाग लिने गरेका उनलाई सबै तर्फबाट सपोर्ट मिल्यो त्यसैले गर्दा साँगीतिक क्षेत्रमा अगाडि बढ्न हौसिए । वि.स. २०६१ सालमा सत्याल भ्वाइस अफ स्याङ्जामा द्वितीय भएपछि उनमा केही गर्न सक्छु भन्ने उर्जा थपियो । जब वि.स. २०६२ मा सँगीतको उर्वरभूमि पोखरामा आगमन भयो तत् पश्चात उनको साँगीतिक यात्राले गति लिएको हो ।  पोखरा आइसकेपछिड उनले विभिन्न प्रतियोगितामा भाग लिए । नारायणगोपाल खोजी प्रतिभाको, लेखनाथ महोत्सव, अन्नपूर्ण म्युजिक अवार्ड लगायतका प्रतियोगितामा भाग लिइ थुपै्र पुरस्कार र अवार्ड जित्न सफल उनी बने । पोखरा आएको वर्ष नै ‘नसम्झाई देउ ती दिनहरु’ बोलको गीत रेकर्ड गरी औपचारिकरुपमा संगीतयात्रा उनले सुरु गरे ।  यो गीतबाट उत्साहित बनेका उनले कहि समयको मेहनत पश्चात सोलो एल्बम ‘फ्यूचर’ बाट नेपाली साँगीतिक क्षेत्रमा आफ्नो गायन कौशल पस्केका थिए ।  लोक, पप, आधुनिक, गजल लगायतका विभिन्न प्याटर्नका गीतलाई एल्बममा समावेश गरेका उनको यो एल्बमलाई श्रोता दर्शकले मन पराएका थिए । यस पछाडि सोलो एल्बम ननिकाले पनि विभिन्न गुरुङ फिल्म तथा कलेक्सन एल्बममा समेत आवाज दिएका उनले हालसम्म लगभग तीन सय गीतमा आफ्नो आवाज भरिसकेका छन्। उनको प्रतिभाको मूल्याङ्कन गर्दै तमु धिं नेपाल, सम्पदा कला मन्दिर, पूर्णिमा युवा ब्लव लगायत संघ–संस्थाले सम्मान गरिसकेका छन् । पोखराको न्यूरोडस्थित त्रिवेणी सँगीतालयमा भर्ना भई साँगीतिक ज्ञान लिई आफूमा निखारता प्रदान उनले गरेका हुन् । कार्यक्रमको सिलसिलामा नेपालका विभिन्न ठाउँ पुगिसकेका उनी हङकङ, कोरीया र अष्ट्रेलियामा समेत पुगि आफ्नो प्रतिभा देखाइसकेका छन् । गुरुङ फिल्म एशोसिएशनका गीत संगीत विभाग प्रमुख  रहेका उनी तरेली साँस्कृतिक परिवारका उपाध्यक्ष समेत हुन् । उनले बुमराङ रेष्टुरेन्ट, मान्द्रो दोहोरी साँझ, भञ्ज्याङ दोहोरी साँझ, निरमाया दोहोरी साँझ, थ्री ब्वाइज मन्की मा समेत काम गरी आफ्नो साँगीतिक प्रतिभा सुनाइसकेका छन् । अब छिट्टैनै स्टेज कार्यक्रमलाई लक्षित गरेर रमाइलो खालका गीत श्रोतामाझ पस्कने सुरमा आफू रहेको उनले बताए । पोखरा अनि यस आसपासमा हुने मेला महोत्सवमा साँगीतिक कार्यक्रममा साँगीतिक कार्यक्रमको जिम्मा लिने व्यक्तिले स्थान नदिएको उनको गुनासो छ । ‘पोखरा अनि यस आसपासका मेला महोत्सवका साँगीतिक कार्यक्रममा खासै सहभागिता पाउन सकिएको छैन ।’ उनी पप, आधुनिक गीत, गजलमा समेत आफ्नो आवाज भरी आफूलाई भर्सस्टाइल गायकको रुपमा परिचित गराउन सफल भएका छन् ।  साँगीतिक क्षेत्रलाइ निरन्तरता दिंदै फुर्सदको समयमा मात्र फिल्ममा अभिनय गर्ने योजना आफूले बनाएको उनी सुनाउँछन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top