0
गोल्डेन न्यूज संवाददाता
पोखरा महोत्सवको तेश्रो दिन उल्लेख्य दर्शकले महोत्सवको अवलोकन गरेका छन । महोत्सवमा शनिवारको दिन ३५ हजार दर्शकले अवलोकन गरेका छन् भने १ करोड २० लाखको कारोवार भएको महोत्सवका आर्थिक संयोजक राजुु श्रेष्ठले जानकारी दिए । शनिवारको दिन महोत्सवमा पोखरा आसपासका दर्शकहरुले समेत सहभागीता जनाएका कारण दर्शकको संख्यामा बृद्धि भएको महोत्सवका प्रचार–प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए । महोत्सवमा शनिवार कलाकार हेमन्त शर्माले आधुनिक गीत संगीत मार्फत युवाहरुलाई मनोरन्जन प्रदान गरेका थिए भने स्थानीय कलाकारद्वारा लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गराएको महोत्वका कलाकार ब्यवस्थापन समितिका संयोजक लोक बहादुर थापाले जानकारी दिए । महोत्सवको चौथो दिन आइतबार लोकदोहोरी तर्फ बिमलराज क्षेत्री, चोलेन्द्र पौडेल, राजन कार्की, जीवन दाहाल, कृष्ण गुरुङ, लक्ष्मी नेपाली, अमर धिताल लगायतको प्रस्तुती रहने छभने पप कन्सर्ट तर्फ आशिस राना ९लाहुरे० को प्रस्तुति रहने महोत्सवका कलाकार ब्यवस्थापन समितिका संयोजक लोक बहादुर थापाले जानकारी दिए ।

पुस १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका सचिवालय ब्यवस्थापक सुकवहादुर गुरुङले जानकारी दिए । छैठौ महोत्सवबाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० र २० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागी पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं। ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ। क्लवले अहिले सम्म शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । चिडियाखाना निर्माणका लागि १५ लाख रुपैयाँ संकलन गरि राष्ट्रिय बाणिज्य बैंक तालचोक शाखा निर्माण समितिको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।








Post a Comment

 
Top