0
उपकार बचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षिकोत्सव अवसरमा आयोजित खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रवीरमण तिवारीले संस्थापक अध्यक्ष इन्द्रप्रसाद पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । उनले संस्थाको सामाजिक कार्यको सह्राना गर्दै प्रगतिको कामना गरे । संस्थापक अध्यक्ष एवं सल्लाहकार ईन्द्रप्रसाद पौडेलले संस्थाले छोटो समयमै आर्थिक प्रगति गरेको र अब साँस्कृतिक र सामाजिक क्षेत्रमा पनि संस्थाले फड्को मार्ने विश्वास दिलाए ।
कार्यक्रममा नागरिक समाज कास्कीका सदस्य विष्णुहरि अधिकारी, रेडक्रस उपशाखा अध्यक्ष मंगल नेपाली, नेपाल बुदोकाई क्युको संघका संरक्षक निर्मल पहारी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए । संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विजय पहारीले गरेका थिए । स्वागत ऋण समिति सदस्य रामबहादुर खाँणले गरेका थिए भने सहकारीका ७ सिद्धान्त संचालक समिति सदस्य कृष्णकुमारी पौडेलले गरेकी थिइन् ।

Post a Comment

 
Top