0
गोल्डेन न्यूज संवाददाता
लामो समय देखि शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सहयोग गरेका स्व. ओम बहादुर भण्डारीको स्मृतिमा विहिबार निर्मल पोखरी–३, चिलाउनेखर्क जलदेवी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। शिविरका प्रमुख अतिथि नमस्ते हस्टिपलका मुटु तथा मधुमेह रोग विशेषज्ञ डा. मानबहादुर गुरुङले प्यारालाइसेस विरामी गंगबहादुर रानालाई चेकजाँच गरी कार्यक्रमको उद्घाटन गरेका थिए। शिविरमा आएका अति विपन्न परिवार र असक्त विरामीहरुलाई उपचार गर्नको लागि नमस्ते हस्पिटलले जुन सुकै सहयोग गर्न पनि तयार रहेको गुरुङले जानकारी दिएका थिए। सानो संसार नेपालका सदस्य नारायण बहादुर थापाले अव समाजमा नयाँ आयाम खाँचो छ। युवाहरु एकजुट भई सामाजिक कार्यहरु गरेमा गाउँको विकासमा टेवा पुग्ने जानकारी दिएका थिए। त्यसै गरी देशको परिस्थितिले गर्दा आफूहरु बजारसम्म गई उपचार गर्न नसकिराखेको अवस्थामा पनि गाउँ गाउँमा आई स्वदेशी तथा विदेशी डाक्टरहरु र संघ संस्थाले गरेको अतुलनिय सहयोगले आफू अत्याधिक खुसी भएको स्वासप्रस्वास सम्बन्धी समस्या भएकी टंकमाया थापा ले बताएकी थिइन्। भने ९८ वर्षका बयोबृद्ध कुलबहादुर भण्डारीले गाउँमा आई आफ्नो स्वास्थ्य उपचार गराउनुहुने डक्टर तथा गाउँका युवाहरुको लगनशिलता लाई धन्यवाद दिनुका साथै आफू हृदयबाटै खुसी रहेको बताएका थिए। कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक नारायण बहादुर भण्डारीले स्वास्थ्य उपचारमा विभिन्न समस्या भई शहर बजारसम्म जान नसकेका असक्त र स्वास्थ्य प्रतिको जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताएका थिए भने शिविरमा २५० जना विरामीहरुको स्वास्थउपचार गरिएको समेत भण्डारीले जानकारी गराएका थिए। नमस्ते हस्पिटल र रिमोर्ट हेल्थ सर्भिस सेन्टर पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो। सिद्धार्थ युवा क्लब र सानो संसार नेपालद्वारा आयोजना गरिएको उक्त कार्यक्रम सिद्धार्थ क्लबका भूपू सचिव भाइरज राना ले सञ्चालन गरेका थिए।










Post a Comment

 
Top