0
गोल्डेन न्यूज संवाददाता
सेभेन हर्ट इन्टरटेन्मेन्ट प्रालि पोखराले आयोजना गरेको मिष्टर एण्ड मिस पर्फेक्ट–२०१६ सम्पन्न भएको छ । प्रतियोगितामा सहभागीहरु मध्ये मिस पर्फेक्टको उपाधि रसिला तामाङले प्राप्त गरेकी थिइन । यसैगरी फष्ट रनरअपको उपाधि निश्चलता भट्टचन र सेकेण्ड रनरअपको उपाधि श्वेता विकले जितिन । फष्ट रनरअप बनेकी भट्टचन सगरमाथा उच्च माविमा व्यवस्थापन संकायमा अध्यनरत छन् । यसैगरी मिष्टर पर्फेक्टको उपाधि विरेन्द्र रोकाले जिते भने राहुल श्रेष्ठ, प्रविण पुन र विवेक थापा क्रमशः फष्ट, सेकेण्ड र थर्ड रनरअप बने । प्रतियोगितामा उपाधि प्राप्त गरेका रसिला र विरेन्द्रलाई जनही नगद १० हजार रुपैयाँ र म्युजिक भिडियोमा खेल्ने अवसर दिइने आयोजकले जनाएको छ । अन्य विजेतालाई विभिन्न इभेन्टमा मोडलिङ्गको अवसर दिइने बताइन्छ । 

प्रतियोगिताको निर्णायकमा विशाल गुरुङ, अमित बराल र शंकर थापा रहेका थिए भने प्रमुख अतिथि पोखराका व्यवसायी केदारनाथ भट्टराई रहेका थिए । त्यसै अवसरमा पोखराका वरिष्ठ सौन्दर्यकर्मी तथा गुरुङ व्युटिपार्लरकी संचालक चिनु गुरुङलाई सौन्दर्यकर्मी सम्मानद्वारा सम्मानित गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक लक्ष्मण छन्त्यालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक चिनारी थकाली भान्छाघर रहेको थियो ।



Post a Comment

 
Top