0
गोल्डेन न्यूज संवाददाता
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध मधेसवादी दलले व्यवस्थापिका–संसद्को मंगलबारको बैठक बहिस्कार गरेको छ । बैठक सुरु भएको घोषणा हुनासाथ मोर्चासँग आबद्ध दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर विरोध जनाएका थिए । त्यसको लगत्तै सभामुख ओनसरी घर्तीले मोर्चासँग आबद्ध राजनीतिक घटक सद्भावना पार्टीका नेता एवम् सांसद लक्ष्मणलाल कर्णलाई भनाइ राख्नको लागि समय प्रदान गरेका थिए । त्यसपछि बैठकमा लक्ष्मणलाल कर्णले प्रमुख राजनीतिक दल र सरकारले संसद्लाई औचित्यहीन बनाउनुका साथै संसद् र मुलुकप्रति संवेदनशील नदेखिएको आरोप लगाउँदै मोर्चाको तर्फबाट संसद्को बैठक बहिस्कार गरेको घोषणा गरे । 

उनको बहिस्कारको घोषणालगत्तै मोर्चासँग आबद्ध राजनीतिक दलका सांसद बैठकबाट बाहिरिएका थिए । बहिस्कार अघि बैठकमा सांसद कर्णले संसद्को बैठक र कामकारबाही नियमितरुपम रुपमा अघि बढोस् भन्ने भावना आफूहरूले राखे पनि सरकारले मधेस आन्दोलन टुङ्ग्याउन र वार्तालाई परिणाममुखी बनाउन ध्यान नदिएको आरोप लगाए । उनले भने–“सरकारको काम कारबाहीले देश असफलतिर उन्मुख हुन गइरहको छ, हामीले खोसिएको आधिकारलाई संविधान संशोधन गरेर राखियोस् भनेर महिनौंदेखि आन्दोलनसँगै वार्तामा बसिरहेको छौँ, पछिल्लोपटक वार्ता टोलीलाई नै औचित्यहीन बनाइएको छ । 

Post a Comment

 
Top